+

दोस्रो महिला फुटसल च्याम्पियनसिप भदौ १८ मा

२०८२ साउन  ५ गते १६:४० २०८२ साउन ५ गते १६:४०
दोस्रो महिला फुटसल च्याम्पियनसिप भदौ १८ मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एलिसन स्पोर्ट्स प्रालिले भदौ १८ गते काठमाडौंको पेप्सिकोलामा दोस्रो महिला फुटसल च्याम्पियनसिप–२०८२ आयोजना गर्ने भएको छ।
  • प्रतियोगितामा १६ वर्षमुनिका जुनियर र १६ वर्षमाथिका सिनियर टिम गरी ३२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
  • सिनियर विजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् भने जुनियर विजेताले २० हजार नगद पुरस्कार पाउनेछन्।

५ साउन, काठमाडौं । एलिसन स्पोर्ट्स प्रालिको आयोजनामा आउने भदौ १८ गते काठमाडौंको पेप्सिकोलामा ‘दोस्रो महिला फुटसल च्याम्पियनसिप–२०८२’ आयोजना हुने भएको छ ।

नेपाली महिलाहरूलाई फुटबल तथा फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालभरका कुनै पनि स्थानमा बसोबास गर्ने महिलाहरूले आफ्नो टिम बनाएर सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टिमले ८ जना खेलाडी, १ जना कोच र १ जना टिम मेनेजरसहित १० जनाको टोली तयार गर्नुपर्ने सचिव रुपेश श्रेष्ठले जानकारी दिए ।

सबै उमेर समूहको महिलाले सहभागिता जनाउन पाउन् भन्ने हेतुले १६ वर्षसम्मकाले जुनियर टिम र १६ वर्षभन्दा माथिकाले सिनियर टिममा सहभागिता जनाउन पाउनेछन् । सिनियर टिममा सहभागिता जनाउन खुल्ला भएकाले राष्ट्रिय खेलाडी वा ‘ए’ डिभिजनमा खेलिसकेका खेलाडीहरूले पनि खेल्न पाउने अध्यक्ष सगुन थापा मगरले बताए ।

सिनियरतर्फको विजेता टिमले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही रु. २ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैगरी जुनियरतर्फको विजेता टिमले २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुका साथै उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही रु. १ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने मगरले जानकारी दिए ।

प्रतियोगितामा सहभागिताका लागि आवेदन खुल्ला गरिसकिएकोले इच्छुक टिमले सिनियरतर्फ रु.५ हजार ५ सय रुपैयाँ र जुनियरतर्फ ३ हजार रुपैयाँ दर्ता शुल्क बुझाइ, फर्म भरी परिचयपत्र भाद्र १५ गते आइतबार बेलुका ५ बजेसम्म बुझाएर टिम दर्ता गराउनुपर्ने छ ।

यसैगरी सो समयपश्चात आएका फर्मलाई टाइसिटमा सहभागिता नगराउने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य उद्देश्य बढीभन्दा बढी नयाँ महिला खेलाडीलाई खेलमा सहभागी गराउनका साथै राष्ट्रिय टिममा उपस्थितिका लागि यसले खुड्किलोको भूमिका खेल्ने आयोजकले जनाएको छ ।

पहिलो महिला फुटसल च्याम्पियनसिप २०८१ मा सिनियर र जुनियर गरेर २० टिमको सहभागिता रहेको थियो भने यस पटक कम्तीमा ३२ टिमको सहभागिता गराउने लक्ष्य लिइएको आयोजक संस्थाकी उपाध्यक्ष एलिना मगरले जानकारी दिए ।

यस पटकको टुर्नामेण्टको थिम ‘शि विन्स’ अर्थात् ‘उनी जित्छिन भन्ने छ । यसैले फुटबल वा फुटसलमा चासो राख्ने महिलालाई खेलमा सहभागि हुन र सहयोग गर्न उपाध्यक्ष मगरले आह्वान गरेकी छन् ।

महिला फुटसल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय