News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा 'शहीद सुरोज शाक्य स्मृति काठमाडौं महानगरव्यापी अन्तर वडा टिम चेस प्रतियोगिता २०८२' को पहिलो दिन तीन चरणका खेलहरू सम्पन्न भए।
- वडा नं. ७ र वडा नं. २५ संयुक्त अग्रस्थानमा रहन सफल भए भने, वडा नं. ७ ले टिम प्वाइन्ट ६ र ८ अंक प्राप्त गर्यो।
- संयुक्त दोस्रो स्थानमा वडा नं. २७, ३, १ र २४ रहेका छन्।
१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा सञ्चालन भएको ‘शहीद सुरोज शाक्य स्मृति काठमाडौं महानगरव्यापी अन्तर वडा टिम चेस प्रतियोगिता २०८२’ को पहिलो दिन तीन चरणका खेलहरू सम्पन्न भएका छन्।
प्रत्येक वडावाट ३ जना खेलाडी समावेश भई महानगरका जम्मा २० वटा वडाका सहभागी टिम मध्ये वडा नं. ७ र वडा नं. २५ संयुक्त अग्रस्थानमा रहन सफल बनेका छन्।
प्रतिस्पर्धाको तिन चरणको खेल पश्चात वडा नं. ७ ले टिम प्वाइन्ट ६ र ८ अंक प्राप्त गर्दै शीर्ष स्थानमा छन् । पहिलो वोर्डमा सिएम पुरुषोत्तम चौलागाईंले ३, दोस्रो वोर्डमा सिएम भगवती प्रसाद शर्मा ३ र तेस्रो वोर्डमा सजल न्यौपाने २ अंक जोडेका छन् ।
त्यस्तै, वार्ड नं. २५ ले पनि टिम प्वाइन्ट ६ र ७ अंक सहित संयुक्त शीर्ष स्थानमा रहन सफल भएका छन् । पहिलो वोर्डमा हिराकाजी श्रेष्ठ ३, एफएम रिजेन्द्र राजभण्डारी १ र रिया श्रेष्ठको ३ अंक योगदान रहेको छ।
प्रतियोगितामा वडा नं. २७, वडा नं. ३, वडा नं. १ र वडा नं. २४ ले समान ५ प्वाइन्ट बनाउदै संयुक्त दोस्रो स्थानमा अट्न सफल भएका छन्।
वार्ड नं. २७ ले ५ प्वाइन्ट बनाउने क्रममा टिमलाई राजेन्द्र बज्राचार्य २ दशमलब ५, महेश्वर लाल डंगोलले ३ र बिनिता कपालीले २ अंकको योगदान पु¥याएका छन्।
यस्तै वार्ड नं. ३ का जेनिश तामाङले २ दशमलब ५, डि बि कार्कीले २ र अभिनव पाण्डेले ३ अंकको योगदान दिदै टिमलाई ५ प्वाइन्ट जोड्न मद्दत गरेका छन्।
यस्तै वार्ड नं. १ का विजृश राजकर्णीकारले २, बुद्धि राजकर्णीकारले २ दशमलव ५ र हर्ष बर्धन राठीले ३ अंकको ब्यक्तिगत योगदान पुर्याउँदै टिमलाई महत्वपूर्ण स्थानमा राखेका छन्।
वार्ड नं. २४ ले पनि ५ अंक बनाउने क्रममा बद्रिलाल नेपालीले ३, पुण्यमान कर्माचार्यले २ दशमलब ५ र स्पर्श सरावगीले १ अंकको व्यक्तिगत योगदान गरेका छन्।
प्रतिक्रिया 4