+

पूर्व अध्यक्ष थापालाई उच्च अदालतबाट राहत

२०८२ भदौ  १२ गते १०:०४ २०८२ भदौ १२ गते १०:०४
पूर्व अध्यक्ष थापालाई उच्च अदालतबाट राहत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघले पूर्वअध्यक्ष गणेश थापालाई फुटबल गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय खारेज गरेको छ।
  • अदालतले फिफाबाट १० वर्षको प्रतिबन्ध भुक्तान गरिसकेका थापामाथि पुनः कारवाही आवश्यक नरहेको निर्णय गरेको छ।
  • अदालतले थापालाई फुटबल गतिविधिमा सहभागी हुन नपाउने कुनै पनि कारवाही नगर्न एन्फाको नाममा आदेश जारी गरेको छ।

१२ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई एन्फाले कुनै पनि फुटबल गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय पाटन उच्च अदालतले खारेज गरिदिएको छ ।

पुर्व अध्यक्ष थापाको उजुरीमा उच्च अदालत पाटनले एन्फाले साउन ९ गते गरेको रोक लगाउने निर्णय न्यायको सिद्धान्त अनुसार नभएको भन्दै खारेज गरिदिएको हो ।

फिफाबाट १० वर्षको प्रतिबन्धको अवधि भुक्तान गरिसकेका थापालाई एन्फाका दुई समिति (एन्फा अनुशासन र सदाचार समिति) फुटबल गतिबिधिमा संलग्न हुन नपाउने गरि कारवाही गरेको थियो ।

अनुशासन समितिले वैशाख ४ मा र सदाचार समितिले वैशाख १६ मा एन्फाको विधानको धारा २४(३) ङ अनुसार थापालाई कुनै पनि फुटबलका गतिविधिमा भाग लिन नपाउने गरी निर्णय गरेको थियो ।

तर न्यायाधीश मुनिन्द्रराज अवस्थि र कृष्णराज‌ कोइरालाको संयुक्त इजलासको फैसलाले फिफाको कारवाहही भोगिसकेको हुँदा थापामाथि त्यसै विषयमा फेरि अर्को कारवाही आवश्यक नरहेको अदालतले निर्णय गरेको हो ।

साथै थापालाई फुटबल गतिविधिमा सहभागी हुन नपाउने कुनै पनि काम कारबाही नगर्नू र नगराउन पनि अदालतले एन्फाको नाममा आदेश जारी गरेको छ ।

अदालतले दिएको अन्तरिम आदेशविपरीत वैशाख २६ गते काभ्रेको धुलिखेलमा भएको एन्फा साधारणसभामा आफूलाई रोक लगाएकोमा थापाले अदालतको अवहेलनासम्बन्धी रिट हालेका थिए ।

तर दावी नपुगेको भन्दै अदाललते उक्त रिट खारेज गरिदिएको थियो ।

गणेश थापा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय