News Summary
Generated by OK AI. Editorially reviewed.- क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर र प्रिमियर आईबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
- सीसीआरसीले जेभियर इन्टरनेसनल कलेजलाई ७९–७५ ले पराजित गरेको छ भने प्रिमियरले ग्रिनफिल्ड नेसनल कलेजलाई ८८–७९ ले हराएको छ ।
- प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ र विजेताले २५ हजार पाउनेछन् ।
५ भदौ, काठमाडौं । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र प्रिमियर आईबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको पहिलो सेमिफाइनलमा सीसीआरसीले जेभियर इन्टरनेसनल कलेजलाई ७९–७५ ले पराजित गर्यो । सीसीआरसीको जितमा तुसार महर्जनले ३० अंक योगदान गरे ।
सीसीआरसीले तेश्रो र चौथो क्वाटरमा पुनारगमन गर्दै जित सुनिश्चित ग¥यो । सीसीआरसीले तेश्रोमा २२–२० र चौथोमा २२–१५ स्कोर गरेको थियो । सीसीआरसी पहिलोमा १७–१९ र दोश्रोमा १८–२१ ले पछि परेको थियो ।
आरुस श्रेष्ठको २४ अंक सहयोगमा प्रिमियरले ग्रिनफिल्ड नेसनल कलेजलाई ८८–७९ ले हरायो । पहिलो क्वाटरमा २७–१२ को अग्रता लिएको प्रिमियर दोश्रोमा १८–२६ ले पछि प¥यो । तेश्रो क्वाटरमा प्रिमियरले पुनः २४–१५ को अग्रता बनाउदै समग्रमा ६९–५३ ले अगाडि रह्यो । ग्रिनफिल्डले चौथो क्वाटरमा २६–१९ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।
फाइनल शुक्रबार हुनेछ । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजना, रोयल स्पोर्ट्स सेन्ट्रल र चोकोफलको सहयोगमा भइरहेको प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतिक्रिया 4