+

एसियाली शारीरिक सुगठनमा उर्मिलालाई कांस्य

२०८२ भदौ  ८ गते ८:३३ २०८२ भदौ ८ गते ८:३३
एसियाली शारीरिक सुगठनमा उर्मिलालाई कांस्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा महिला एथलेटिक्स फिजिक्स ३५ वर्षमाथि उमेरसमूहमा कांस्य पदक जितेकी छन्।
  • थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण र लाओसकी सोमानिन फानोसिथले रजत पदक जितेका छन् भने उर्मिला एथलेटिक्स फिजिक्स ओपन क्याटेगोरीमा चौथो भएकी छन्।
  • उर्मिलाले जुनमा भुटानमा भएको १५ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी थिइन्।

८ भदौ, काठमाडौं । नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन् ।

उनले महिला एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेरसमूहमा कांस्य पदक जितेकी हुन् ।

आठ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण तथा लाओसकी सोमानिन फानोसिथले रजत जिते ।

उर्मिला एथलेटिक्स फिजिक्सकै ओपन क्याटेगोरीमा भने चौथो भएको अफिसियल दिनेश राजभण्डारीले जनाएका छन् ।

उर्मिलाले जुनमा भुटानमा भएको १५ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पिनियसिपमा महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी थिइन् ।

एसियाली शारीरिक सुगठन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय