+

जीवनरामलाई निलेन्द्रको पत्र : एनओसीको नाममा रहेको सम्पतिसहित माइन्युट बुझाउन आग्रह

२०८२ भदौ  ७ गते १९:५८ २०८२ भदौ ७ गते १९:५८
जीवनरामलाई निलेन्द्रको पत्र : एनओसीको नाममा रहेको सम्पतिसहित माइन्युट बुझाउन आग्रह

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पिक कमिटी तदर्थ समितिले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको कमिटीको सम्पत्ति र माईन्युट बुझाउन ३ दिन भित्र आग्रह गरेको छ।
  • तदर्थ समितिका सचिवालय संयोजक निलेन्द्र राज श्रेष्ठले पत्रमार्फत नगद, जिन्सी सामाग्री र माईन्युट बुझाउन कानुन अनुसार कारबाही हुने जानकारी गराएका छन्।
  • ध्रुव बहादुर प्रधानको संयोजकत्वमा गठन भएको तदर्थ समिति परिषद्बाट आधिकारिकता पाएको र साउन ४ गतेदेखि काम सुरु गरेको छ।

७ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी तदर्थ समितीले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटीको नाममा रहेको चल अचल सम्पति देखि माईन्युट तदर्थ समितिलाई बुझाउन आग्रह गरेको छ ।

तदर्थ समितिको सदस्य तथा तदर्थ समितिको सचिवालय व्यवस्थापन उपसमितिका संयोजक निलेन्द्र राज श्रेष्ठले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई सम्बोधन गरेर पत्र लेख्दै नेपाल ओलम्पिक कमिटिको नाममा रहेको चलअचल सम्पत्ति लगायत नगद तथा जिन्सी सामाग्री र समितिको माईनुट बुक समेत यो पत्र प्राप्त भएको मितिले ३ (तिन) दिन भित्र यस समितिलाई बुझबुझारथ गर्न हुन जानकारी गराएको छ ।

यस्तै सोही समयमा उपलब्ध नगराए कानुन अनुसार भईजाने कुरा समेत जानकारी गराएको छ ।

सरकारको समर्थनमा ओलम्पिक कमिटीका पूर्वअध्यक्ष समेत रहेका ध्रुव बहादुर प्रधानको संयोजकत्वमा ओलम्पिक कमिटीको तदर्थ समिति गठन भएपछि अहिले दुई ओलम्पिक कमिटी अस्थिस्तवमा रहेको छ ।

दुवै आफू वैधानिक र अर्कोलाई अवैधानिक भनेर आरोप लगाइरहेका छन् ।।

यस्तै पत्रमा नेपाल ओलम्पिक कमिटि आबद्ध खेल संघहरुको संयुक्त भेलाबाट मिति २०८२ असार २६ गतेको दिन नेपाल ओलम्पिक कमिटि तदर्थ समिति गठन गरेको र हाल उक्त तदर्थ समितिलाई परिषद्बाट आधिकारिकता समेत प्राप्त भई सकेकोले उक्त नवगठित तदर्थ समितिले मिति २०८२ साउन ४ गते देखि कमिटिका काम कारबाहीहरु सुरु गरिसकेको समेत जनाएको छ ।

जीवनराम श्रेष्ठ निलेन्द्रराज श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय