News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा आर्सनलले लिड्स युनाइटेडलाई ५-० ले हराएको छ।
- आर्सनलका जुरियन टिम्बर र भिक्टर ग्योकेरेसले २-२ गोल गरे भने बुकायो साकाले १ गोल गरे।
- जितपछि आर्सनलले नयाँ सिजनमा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ ।
८ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले लिड्स युनाइटेडलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
शनिवार राती घरेलु मैदान एमरिेट्स स्टेडियममा भएको खेलमा आर्सनलको जितमा जुरियन टिम्बर र भिक्टर ग्योकेरेसले २-२ गोल गर्दा बुकायो साकाले १ गोल गरे । पहिलो हाफमा २ गोल गरेको आर्सनलले दोस्रो हाफमा ३ गोल थप्यो ।
३४औं मिनेटमा टिम्बरले गोल गर्दै अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा साकाले गोल गर्दै पहिलो २-० को अग्रता दिलाए ।
४८औं मिनेटमा ग्योकेरेसले गोल गरे भने ५६औं मिनेटमा टिम्बरले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनल ४-० ले अगाडि बढ्यो ।
इन्जुरी समयमा ग्योकेरेसले पनि व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई फराकिलो जित दिलाए ।
नयाँ सिजन लगातार दोस्रो जित हात पारेको आर्सनल दुई खेलबाट ६ अंक जोडेर अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । टोटनहमको पनि समान ६ अंक भएपनि गोल अन्तरमा आर्सनल शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4