News Summary
Generated by OK AI. Editorially reviewed.- म्यानचेष्टर सिटीले एतिहाड स्टेडियममा टोटनहमसँग २-० ले पराजित भएको छ।
- टोटनहमका ब्रेनान जोनसनले ३५औं मिनेटमा र जोआओ पाल्हिन्हाले इन्जुरी टाइममा गोल गरेका थिए।
- टोटनहमले लगातार दुई जितसहित ६ अंक जोडेर अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ।
७ भदौ, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटी घरेलु मैदानमै टोटनहमसँग पराजित भएको छ । शनिवार एतिहाड स्टेडियममा भएको खेलमा टोटनहमले सिटीलाई २-० ले पराजित गरेको हो ।
टोटनहमका लागि ब्रेनान जोनसनले ३५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले रिचार्सिलसनको पासमा गोल गरेका थिए । सुरुमा भिएआरले गोलबारे चेक गरेपनि पछि गोलको मान्यता दिएको थियो । यस्तै जोआओ पाल्हिन्हाले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै टोटनहमको अग्रता दोब्बर पारे ।
दोस्रो गोलमा सिटीका गोलकिपर जेम्स ट्राफोर्डले गल्ती गरेका थिए ।
टोटनहमका नयाँ प्रशिक्षक थोमस फ्रांकले लगातार दुई जितसहित सानदार सुरुवात गरेका छन् ।
नयाँ सिजन लिगमा टोटनहमको यो लगातार दोस्रो जित हो र दुई खेलमा ६ अंक जोडेर अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । पहिलो हार व्यहोरेको सिटी दुई खेलबाट ३ अंकसहित पाँचौ स्थानमा छ ।
प्रतिक्रिया 4