News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ समितिले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसीले गैरकानूनी बैठक बसेर विज्ञप्ति जारी गरेकोमा आपत्ति जनाएको छ।
- तदर्थ समितिका प्रवक्ता समिम मियाँ अन्सारीले यस्ता गतिविधिले खेल संघका पदाधिकारीहरूको मानमर्दन हुने र कानून उल्लंघन हुने बताए।
- तदर्थ समितिले आफूहरूलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त कमिटी भएको दाबी गर्दै गैरकानूनी गतिविधि रोक्न चेतावनी दिएको छ।
७ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ समितिले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसीले कार्यसमिति बैठक बसेर विभिन्न निर्णय गरी एनओसीको नाममा विज्ञप्ति जारी गरेको भन्दै आपत्ति जनाएको छ।
तदर्थ समितिका प्रवक्ता समिम मियाँ अन्सारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनाधिकृत व्यक्तिहरूले गैरकानूनी बैठक बसेर खेल संघका अध्यक्ष तथा पदाधिकारीहरूको मानमर्दन हुने गरी विज्ञप्ति जारी गर्नु कानूनको उल्लंघन मात्र नभई सम्पूर्ण खेल क्षेत्रलाई भ्रममा पार्ने काम हो।’
समितिले यस्ता गतिविधिले मुलुकको कानुन उल्लंघन हुनुका साथै खेलाडी र खेल संघलाई अन्योलमा पारेको आरोप लगाउँदै गैरकानूनी गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ।
‘यस किसिमका अनैतिक तथा अवैध कार्य नगर्न सचेत गराउँछौं, अन्यथा कानुनी उपचारका लागि बाध्य हुनेछौं’ विज्ञप्तिमा भनिएको छ।
तदर्थ समितिले आफूहरू संस्थागत सर्वमान्य सिद्धान्त, विधान र कानुनको परिधिभित्र रहेर काम गरिरहेको दाबी गरेको छ।
जीवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसी गैरकानुनी भएको भन्दै नेपाल सरकारले मान्यता नदिएको अवस्थामा नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन भएको थियो ।
आफूहरू नै अन्तर्राष्ट्रिय मान्यता प्राप्त कमिटी भएको दाबी तदर्थ समितिको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष ध्रुव बहादुर प्रधान अध्यक्ष रहेका तदर्थ समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै ९ सदस्यीय समिति सार्वजनिक गरेको थियो ।
यसले नेपाल ओलम्पिक कमिटी (एनओसी) मा पछिल्लो समय देखिएको विवाद चुलिँदै गएको छ । सरकारी मान्यता प्राप्त र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई ओलम्पिक कमिटीले एक अर्काको अस्तिस्वलाई स्वीकारेका छैनन् ।
दुवैले एक अर्कालाई तथाकथित कमिटी भनेर आरोप लगाउँदै आएका छन् ।
प्रतिक्रिया 4