+

दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो जेठ पहिलो साता

२०८२ वैशाख  ३१ गते १३:०१ २०८२ वैशाख ३१ गते १३:०१
दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो जेठ पहिलो साता

३१ वैशाख, काठमाडौं । श्री समाज खेलकुद विकास क्लब (एसकेबिसी) को आयोजनामा दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता जेठ पहिलो साता हुने भएको छ ।

आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ३ र ४ गते हेराल्ड इन्टरनेशनल कलेज, बसुन्धारामा हुने जानकारी गराएको छ ।

यस प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाबाट ३६ स्वर्ण पदकका लागि ५ सयभन्दा बढी महिला तथा पुरुष खेलाडीहरूको प्रतिस्पर्धा गर्नेछन् ।

खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन, आत्मविश्वासको विकास र खेलकुदमार्फत सामाजिक एकता र भाइचाराको प्रवर्द्धन प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा टोखा नगरपालिका रहनेछ भने बागमती प्रदेश तेक्वान्दो संघ सह-आयोजक तथा प्राविधिक सहयोगीको रूपमा रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, ट्रफी, प्रमाणपत्र तथा खेलकुद सामग्रीहरू प्रदान गरिनेछ । साथै, प्रतियोगितामा विशेष योगदान तथा उत्कृष्ट प्रदर्शन गर्ने महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र निर्णायकमध्ये ४ जनालाई ओप्पो मोबाइल प्रदान गरी सम्मानित गरिनेछ ।

आयोजकका अनुसार प्रतियोगिताको अनुमानित खर्च १५ लाख रुपैयाँ रहेको छ । जसको व्यवस्थापनका लागि विभिन्न संघसंस्था, निकाय तथा खेलप्रेमी व्यक्तित्वहरूको साथ र सहयोगको अपेक्षा गरिएको छ ।

स्थापना कालदेखि नै क्लबले विभिन्न स्तरका खेलकुद प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ । विगतमा पहिलोपटक एसकेबिसी वबागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता, एकपटक बागमती लिग प्रतियोगिता, पाँचपटक इन्टर डोजाङ प्रतियोगिता, एकपटक उपत्यका स्तरीय तथा जिल्ला स्तरीय प्रतियोगिता, साथै दुईपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिसकेको छ ।

बागमती प्रदेश आमन्त्रित तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय