News Summary
Generated by OK AI. Editorially reviewed.- तार्केश्वर नगरपालिका ले कराते खेलाडी एरिका गुरुङलाई बुधबार नगदसहित सम्मान गर्यो।
- एरिका गुरुङले मोरक्कोको रावतमा भएको प्रतियोगितामा ऐतिहासिक कांस्य पदक जितिन्।
- उनीले प्रिमियर लिगमा पहिलो सहभागितामै पदक जितेकी हुन्।
२२ जेठ, काठमाडौं । तार्केश्वर नगरपालिकाले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी कराते खेलाडी एरिका गुरुङलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
तार्केश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन, नगर उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रशासकीय प्रमुख इश्वरीप्रसाद आचार्यले एरिकालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरे । कार्यक्रममा वडा न २ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण खड्गी, नगर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गीलगायतको उपस्थिति रहेको थियो ।
मोरक्कोको रावतमा भएको प्रतियोगिताको एरिकाले महिला ६८ केजीमाथि समूहमा फ्रान्सकी पिए क्लमेन्सलाई ६-२ ले हराउँदै ऐतिहासिक कांस्य जितेकी हुन् ।
उनले प्रिमियर लिगमा पहिलो सहभागितामै पदक जित्दै इतिहास रचेकी हुन् ।
प्रतिक्रिया 4