News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कुश्ती संघले प्रकाश कुमार कुसारीको नेतृत्वमा रहेको संघलाई मात्र आधिकारिक र वैधानिक भएको स्पष्ट पारेको छ।
- २०७७ साल चैत ३ गते सर्वोच्च अदालतले राज मोहम्मद अन्सारी नेतृत्वको समिति खारेज गरेको र उक्त समूहको गतिविधि गैरकानुनी रहेको संघले जनाएको छ।
- संघले राष्ट्रिय खेलकुद विकास ऐन र नियमावली अनुसार २०८० चैत ९ गते साधारण सभाले नयाँ नेतृत्व निर्वाचित गरेको र विश्व कुश्ती तथा नेपाल ओलम्पिक कमिटीले समेत यसलाई मान्यता दिएको जनाएको छ।
१२ भदौ, काठमाडौं । नेपाल कुश्ती संघले कुश्ती संघ हाल अनावश्यक भ्रम देखिएको भन्दै प्रकाश कुमार कुसारी (सम्राट)को नेतृत्वमा रहेको कुश्ती संघ नै आधिकारिक रहेको र आफूहरु नै वैधानिक भएको भन्दै स्पष्ट पारेको छ ।
नेपाल कुश्ती संघमा पछिल्लो समय देखिएको अन्योल स्थितीलाई प्रष्ट पार्दै संघले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै हाल नेपालमा एक मात्र नेपाल कुश्ती संघ अस्तिस्वमा रहेको र प्रकाश कुमार कुसारी अध्यक्ष रहेको नेपाल कुश्ती संघ मात्र आधिरिक रहेको जनाएको हो ।
नेपाल कुश्ती संघका महासचिव खगेन्द्र बहादुर बस्नेतले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीमा केही व्यक्तिहरूले संघको नाममा अवैधानिक गतिविधि सञ्चालन गर्दै भ्रम फैलाइरहेको दावी गरिएको छ ।
कुनै सरोकार नभएको व्यक्तिले संघको नाम लिँदै गतिविधि गरेकोमा गम्भिर ध्यानाकर्ण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
राज मोहम्मद अन्सारी अध्यक्ष र समिम मियाँ अन्सारी वरिष्ठ उपाध्यक्ष रहेको समितिलाई २०७७ साल चैत ३ गतेको सर्वोच्च अदालतको फैसलाले खारेज गरिसकेको तर उक्त नेतृत्वको नाममा विभिन्न कार्यक्रम तथा उपस्थितिहरू भइरहेको भन्दै संघले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराएको संघले विज्ञप्तीमा जनाएको छ ।
‘केही स्वघोषित व्यक्तिहरूको गतिविधिले अन्तर्राष्ट्रिय प्रतियोगिता तयारी र समन्वयमा गम्भीर असर पार्न सक्छ, जसले नेपाली कुश्तीको समग्र विकासलाई अवरुद्ध गर्ने खतरा रहेको छ । संघ यस्ता गतिविधिबाट सचेत रहन सबैलाई आग्रह गर्दछ ।’
‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार २०८० चैत ९ गते भएको नेपाल कुश्ती संघको साधारण सभाले प्रकाश कुमार कुमारीको न्तैत्वमा नेपाल कुश्ती संघ निर्वाचित गरेको कुरा सबैमा जानकारी भएको विय हो । सोही मिति देखि नेपालमा कुस्ती संघको विवाद समाप्त भएको छ । यस संघका बारे उठेका सबै विवादका विषयमा सम्मानित न्यायालयले समेत टुङ्गो लगाइसकेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।
विश्व कुश्तीको सर्वोच्च निकाय संयुक्त विश्व कुस्ती र नेपाल ओलम्पिक कमिटीले समेत यही संघलाई औपचारिक मान्यता दिइसकेको समेत संघले विज्ञप्तीमार्फत जनाएको छ ।
नेपाल कुश्ती संघको नाम लिएर कुनै पनि व्यक्ति विशेषले गरेको काममा पूर्ण अहसमति रहेको र नेपाल ओलम्पिक कमिटी तदर्थ समितिको प्रवक्ताको रुपमा समिम मियाँ अन्सारीको नाम कुस्तीसँग जोडिएका कारण निजको नेपाल कुस्ती संघसँग कुनै सम्बन्ध नरहेको पनि संघले विज्ञप्तीमार्फत प्रष्ट पारेको छ ।
प्रतिक्रिया 4