News Summary
Generated by OK AI. Editorially reviewed.- रुबिना क्षेत्री हिमा अस कन्सल्टेन्सीको नयाँ ब्रान्ड एमबासडर बनाइन्।
- हिमा असले यस सहकार्यले महिला क्रिकेट र युवालाई प्रेरित गर्ने अपेक्षा व्यक्त गर्यो।
- रुबिनाले आफ्नो जीवन यात्रा र क्रिकेटप्रतिको लगावले युवाहरूमाझ सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरिन्।
१० असार, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान तथा अनुभवी अलराउन्डर रुबिना क्षेत्री हिमा अस कन्सल्टेन्सीको नयाँ ब्रान्ड एमबासडर बनेकी छिन्।
कन्सल्टेन्सी र रुबिना क्षेत्रीबीचको एक वर्षको सहकार्यलाई औपचारिक रूपमा घोषणा गर्दै सोमबार काठमाडौंस्थित हिमा असको कार्यालयमा ब्रान्ड एमबासडर अनबोर्डिङ कार्यक्रम सम्पन्न भएको हो।
हिमा अस, सन् २००८ मा अष्ट्रेलियामा स्थापना भएको शैक्षिक परामर्श संस्था हो, जसका कार्यालयहरू अष्ट्रेलियाका प्रमुख सहरहरूका साथै नेपाल र श्रीलंकामा पनि रहेका छन्।
यस सहकार्यबारे हिमा असका मार्केटिङ म्यानेजर अनुप आचार्यले भने, ‘रुबिना क्षेत्री जस्तो अनुशासित, समर्पित र प्रेरणादायी व्यक्तित्वलाई ब्रान्ड एमबासडरको रूपमा समावेश गर्नु हामी सबैका लागि गौरवको कुरा हो। यो सहकार्यले राष्ट्रिय महिला टोली र खेलाडीहरूको सम्मानमा थप योगदान दिनेछ र विशेषतः विद्यार्थी, युवायुवतीहरूलाई आफ्नो लक्ष्य प्राप्तिका लागि प्रेरित गर्नेछ।’
रुबिना क्षेत्रीको जीवन यात्रा, क्रिकेटप्रतिको लगाव, अनुशासन र समर्पणले आजका युवाहरूसामु एक सकारात्मक सन्देश दिन सक्ने विश्वास गरिएको छ।
प्रतिक्रिया 4