+

रिसोन थापाले जिते अन्तर्राष्ट्रिय बुद्धिचाल उपाधि

२०८२ जेठ  १७ गते १९:२७ २०८२ जेठ १७ गते १९:२७
रिसोन थापाले जिते अन्तर्राष्ट्रिय बुद्धिचाल उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो फिडे र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा नेपालका रिसोन थापाले प्रथम स्थान हासिल गरे।
  • प्रतियोगितामा १५४ खेलाडी सहभागी थिए ।
  • रिसोनले ८.५ अंक जोडेर नगद रु. २५ हजारसहित ट्रफी र गोल्डमेडल प्राप्त गरे।

१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर नविन्द्र राज जोशीको स्मृतिमा आयोजित दोस्रो फिडे र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका रिसोन थापाले जितेका छन्।

काठमाडौं महानगरपालिका वडा नं. २४ ले दुई दिन सञ्चालन गरेको १९ सय रेटिङ्ग मुनि बुद्धिचाल स्पर्धामा नेपालका रिसोन थापाले फिलिपिन्स, भारत, अमेरिका र इङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीलाई पछि पार्दै विजयी बनेका हुन्।

पाँच राष्ट्रका १६ विदेशी खेलाडी सम्मिलित १५४ जना खेलाडी सहभागी रहेको प्रतियोगितामा रिसोनले ८.५ अंक जोडेर पहिलो पुरस्कार नगद रु. २५ हजारसहित ट्रफी र गोल्डमेडल प्राप्त गरेका छन् ।

१० मिनेट र प्रत्येक चालमा १० सेकेण्ड इन्क्रिजमेण्ट टाइमिङ्ग थपिने र्‍यापिड चेस प्रतिस्पर्धामा नेपालकै प्रेमकृष्ण महर्जन र भारतका शुभम् कुमारले समान ७.५ अंक बनाएका छन्।

९ चरणको खेलमा प्रेमकृष्ण महर्जनले डाइरेक्ट इन्काउण्टर र बुकोल्ज्स् ५२ टाइब्रेक प्वाइन्टको आधारमा दोस्रो स्थान ओगट्न सफल बनेका छन्। प्रेमकृष्ण महर्जनले नगद पुरस्कार रु. १५ हजार, शिल्भर मेडल तथा प्रमाणपत्र प्राप्त गरे।

भगलपुर चेस एकेडेमी, भारतका शुभम् कुमारले उत्कृष्ट खेल मार्फत ७.५ अंक बटुल्दै बुकोल्ज्स ४५ प्वाइन्टका आधारमा तेस्रो स्थान ग्रहण गरेका छन्। भारतका शुभम कुमारले नगद पुरस्कार रु. १० हजार, ब्रोञ्ज मेडल र प्रमाणपत्र प्राप्त गरे।

काठमाडौंको इटुम्हाल चोकमा सम्पन्न प्रतियोगितामा आठ जना खेलाडीले समान ७ अंक जोडेर रोमाञ्चक नतिजा निकालेका छन्।

नेपालका बिजेश राजकर्णीकारले ५२.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो स्थान प्राप्त गर्दै नगद पुरस्कार रु. ७ हजार हात पारेका छन। यस्तै नेपालका सुरज सिंले ४९.५ प्रोग्रेसिभ प्वाइन्ट बनाएर नगद रु. ६ हजार जितेका छन्।

यसैगरी फिलिपिन्सका खेलाडी लाउरोन जोन पाउल छैटौं, नेपालका मिसन दहाल सातौं, सिएम भगवती प्रसाद शर्मा आठौं, सुशील सुवेदी नवौं र सन्देश श्रेष्ठ दशौं स्थानमा रहँदै जनही नगद रु. ५ – ५ हजार पुरस्कार प्राप्त गर्न सफल बने।

प्रतियोगितामा विधागत पुरस्कार तर्फ उत्कृष्ट कोशी प्रदेशका महेन्द्रकुमार साम्बाहाम्फे, मधेश प्रदेशका सुशील चौधरी, बाग्मती प्रदेशका पुरुषोत्तम दुवाल, गण्डकी प्रदेशका सुरजकुमार गैरे, लुम्बिनी प्रदेशका मिलनकुमार रोक्का,कर्णाली प्रदेशका निस्तम मल्ल र सुदुरपश्चिम प्रदेशका जनकराज जोशीले जनही नगद रु. ४-४ हजार पुरस्कार जिते।

क्रमश: स्थानीय तर्फ नरेश स्थापित प्रथम र शुभनदीप थापा द्वितीय, अनरेटेड तर्फ राजेश राई प्रथम र इङ्ल्याण्डका खेलाडी जोसेफ इनल द्वितीय, सिनियर तर्फ जनार्दन श्रेष्ठ प्रथम र आशानारायण लवट द्वितीय बनेका छन्।

यस्तै १८, १७, १६ रेटिङ्ग मुनि हर्कबहादुर चोङ्वाङ्ग, गोविन्द खड्का र उज्वल दहाल उत्कृष्ट भए। साथै यपा १८, १६, १४ र १२ वर्ष मुनि सम्यक श्रेष्ठ, आदित्य गजुरेल, कसिभ कार्की र दिपन मैनाली उत्कृष्ट ठहरिएका छन्।

सँगसँगै महिला तर्फ उत्कृष्ट बन्दै शान्ति धिमाल प्रथम भईन भने सिन्दिरा जोशीले द्वितीय पुरस्कार हात पारेकी छिन्।

फिडे र्‍यापिड रेटिङ बुद्धिचाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय