+

लेभल वान टेबलटेनिस कोचिङ कोर्ष सुरु

२०८२ असार  २६ गते १०:५५ २०८२ असार २६ गते १०:५५
लेभल वान टेबलटेनिस कोचिङ कोर्ष सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान टेबलटेनिस कोचिङ कोर्ष लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।
  • कोर्षमा नेपालका २८ र भारतका २ प्रशिक्षार्थी सहभागी छन् र सातै प्रदेशबाट प्रतिनिधित्व गरिएको छ।
  • आईटीटीएफका डेभलपमेन्ट प्रोग्राम म्यानेजर बेन होज माब्रुक रामजीले कोर्ष सञ्चालन गर्दैछन् र यो असार २९ गतेसम्म चल्नेछ।

२६ असार, काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान टेबलटेनिस कोचिङ कोर्ष बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक क्यालेन्डरअनुसार सञ्चालन भइरहेको कोर्षमा नेपालका २८ र भारतका २ प्रशिक्षार्थी सहभागी छन्। संघका महासचिव कुबेरप्रकाश सिंहका अनुसार सातै प्रदेशबाट प्रशिक्षार्थीको प्रतिनिधित्व गराइएको छ।

नेपालबाट संयोग कपाली, विपुल महर्जन, रितिज जोशी, कृष्ण थापा मगर, आशिप अवाले, रिजन गोथे, सुजन गडाल, दिवस जेठारा, राहुल शाह, रोशन श्रेष्ठ, अजय श्रेष्ठ, दीपक गिरी, नारायण घिमिरे, कपिल थापा मगर, रोशन अधिकारी, विवेक राई, दिपेश राना, सिखा सुवाल श्रेष्ठ, वियन्का राई, इभाना थापा, आश्मा पहाडी, नविता श्रेष्ठ, रविना देसार, रायकोशी शाही, अन्जु सुवाल, सोनिका ढकाल, एश्वस्वी अवाल र अजय विक सहभागी छन्। भारतबाट निथिन हरिदास र सुदर्शाने भेलायोदम सहभागी छन्।

संघका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार कोर्ष आईटीटीएफका डेभलपमेन्ट प्रोग्राम म्यानेजर बेन होज माब्रुक रामजीले सञ्चालन गर्दै छन्।

कोर्ष असार २९ गतेसम्म सञ्चालन हुनेछ।

टेबलटेनिस कोचिङ कोर्ष
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय