+

बारा क्रिकेट संघलाई नेसनल इन्फोटेक कलेजको मुख्य प्रायोजन

२०८२ भदौ  ६ गते २१:५९ २०८२ भदौ ६ गते २१:५९
बारा क्रिकेट संघलाई नेसनल इन्फोटेक कलेजको मुख्य प्रायोजन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेसनल इन्फोटेक कलेजले बारा जिल्ला क्रिकेट संघलाई वार्षिक मुख्य प्रायोजन गर्ने सम्झौता गरेको छ।
  • सम्झौताअनुसार कलेजले आर्थिक सहयोग, जर्सी, खेल पोशाक र क्रिकेट सामग्री उपलब्ध गराउनेछ।
  • बारा क्रिकेट टिमले मधेश क्रिकेट लिग र प्रधानमन्त्री कप मधेश प्रदेश छनोटमा विजेता बनेको छ।

६ भदौ, काठमाडौं । वीरगंजस्थित नेसनल इन्फोटेक कलेजले बारा जिल्ला क्रिकेट संघलाई वार्षिक मुख्य प्रायोजन गर्ने भएको छ।

शुक्रबार वीरगंजमा भएको कार्यक्रममा बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात कुमार चौरसिया र कलेजका निर्देशक तथा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहबीच सम्झौतामा हस्ताक्षर भयो।

सम्झौता अनुसार कलेजले टिमलाई आर्थिक सहयोगसँगै जर्सी, खेल पोशाक र क्रिकेट सामग्री उपलब्ध गराउनेछ। सम्झौता रकम भने सार्वजनिक गरिएको छैन। सम्झौता अवधिभर बारा टिमले नेसनल इन्फोटेकको लोगो अंकित जर्सी प्रयोग गर्नेछ।

कार्यक्रममा राष्ट्रिय क्रिकेटर अनिल शाह, पवन सर्राफ, साहिल पटेल, निरज यादव लगायतले नयाँ जर्सी सार्वजनिक गरे। पूर्व राष्ट्रिय कप्तान पवन अग्रवाल र बिनोद दास, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ लगायतको पनि उपस्थिति थियो।

अध्यक्ष चौरसियाले सहयोगका लागि कलेजलाई धन्यवाद दिँदै यसले बारा क्रिकेट र खेलाडीलाई ठूलो हौसला मिल्ने बताए। निर्देशक सिंहले बारा जिल्लाले राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा ठूलो योगदान दिएको उल्लेख गर्दै प्रायोजनलाई स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने दिशामा महत्वपूर्ण कदम बताए।

बारा क्रिकेट टिम हालै मधेश क्रिकेट लिग र प्रधानमन्त्री कप मधेश प्रदेश छनोटको विजेता बनेको हो। अनिल शाह, पवन सर्राफ, मोहम्मद आदिल आलमलगायतका खेलाडीहरू राष्ट्रिय टिमसम्म पुगेका छन्।

बारा क्रिकेट संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय