News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको यू-१७ महिला फुटबल टिमले भुटानमा भइरहेको साफ यू-१७ महिला च्याम्पिनयसिपमा घरेलु टोली भुटानलाई २-१ ले पराजित गरेको छ।
- थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले दोस्रो हाफमा दुई गोल गर्दै पुनरागमन जित हात पारेको हो।
६ भदौ, काठमाडौं । साहारा लिम्बुको दुई गोलमा भुटानमा भइरहेको साफ यू-१७ महिला च्याम्पिनयसिपमा नेपाली यू-१७ महिला टिमले घरेलु टोली विरुद्ध पुनरागमन जित हात पारेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले दोस्रो हाफमा दुई गोल गर्दै भुटानलाई २-१ ले पराजित गरेको हो ।
पहिलो हाफमा भुटानले १-० को अग्रता लिएको थियो । तर साहाराले नेपालका लागि ५८औं मिनेटमा बराबरी गोल फर्काइन् । त्यसपछि साहाराले नै ७७औं मिनेटमा गोल गर्दै नेपालला२ अग्रता दिलाइन् । र त्यही गोल निर्णायक बन्दा नेपालले च्याम्पियनसिपमा पहिलो जितसहित ३ अंक जोडेको छ ।
पहिलो खेलमा नेपाल भारतसँग ७-० ले पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेल आउने आइतबार बंगलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया 4