+
अस्ट्रेलिया-दक्षिण अफ्रिका ओडिआई :

एङ्गिडीको ५ विकेटमा दक्षिण अफ्रिकाले एक खेलअगावै जित्यो शृंखला

२०८२ भदौ  ६ गते १७:५७ २०८२ भदौ ६ गते १७:५७
एङ्गिडीको ५ विकेटमा दक्षिण अफ्रिकाले एक खेलअगावै जित्यो शृंखला

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ८४ रनले पराजित गर्दै तीन खेलको वानडे सिरिज एक खेल अगावै जितेको छ।
  • अस्ट्रेलिया ३७.४ ओभरमा १९३ रनमा अलआउट भएको थियो ।
  • जोश इङ्लिसले सर्वाधिक ८७ रन बनाए भने दक्षिण अफ्रिकाका लागि लुङ्गि एङ्गिडीले ५ विकेट लिए ।

६ भदौ, काठमाडौं । पेस बलर लुङ्गी एङ्गिडीको ५ विकेट मद्दतमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ८४ रनले पराजित गर्दै तीन खेलको वानडे सिरिज एक खेल अगावै आफ्नो नाम गरेको छ ।

दक्षिण अफ्रिकाले दिएको २७८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३७.४ ओभरमा १९३ रनमा अलआउट भयो । जोश इङ्लिसले सर्वाधिक ८७ रन बनाएपनि पर्याप्त भएन ।

अस्ट्रेलिया ३८–३ को अवस्थामा भएका बेला इङ्लिसले क्यामरन ग्रीनसँग केही साझेदारी बढाएपनि उनी आउट भएपछि अस्ट्रेलियाको तल्लोक्रम चाँडै ध्वस्त भयो । ग्रीनले ३५ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.१ ओभरमा २७७ रनमा अलआउट भएको थियो। म्याथ्यु ब्रेट्ज्केले ७८ रन र ट्रिस्टन स्टब्सले ७४ रन जोडे।

अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ विकेट लिए भने मार्नस लबुशान, नेथन एलिस र जेभियर बार्टलेटले दुई–दुई विकेट लिए ।

यो जितसँगै दक्षिण अफ्रिकाले अष्ट्रेलियामाथि लगातार पाँचौं वानडे सिरिज जितेको छ।

यसअघि पहिलो ओडिआईमा दक्षिण अफ्रिका ९८ रनले विजयी भएको थियो ।

अस्ट्रेलिया क्रिकेट दक्षिण अफ्रिका क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय