+

एभरेस्ट महिला भलिबल लिगको एयरलाइन पार्टनरमा टर्किस एयरलाइन्स

२०८२ भदौ  ६ गते १९:०२ २०८२ भदौ ६ गते १९:०२
एभरेस्ट महिला भलिबल लिगको एयरलाइन पार्टनरमा टर्किस एयरलाइन्स

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी सेप्टेम्बर ५ देखि १३ सम्म पोखरामा आयोजना हुने छ।
  • टर्किस एयरलाइन्सलाई लिगको आधिकारिक एयरलाइन पार्टनरका रूपमा घोषणा गरिएको छ।
  • टर्किस एयरलाइन्सका महाप्रबन्धक सेरकान बसारले 'हामी खेल क्षेत्रमा महिला रोल मोडेलहरूलाई समर्थन गर्ने लक्ष्य राख्छौँ' भनेका छन्।

६ भदौ, काठमाडौं । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणका लागि टर्किस एयरलाइन्सलाई आधिकारिक एयरलाइन पार्टनरका रूपमा घोषणा गरेको छ ।

एभरेष्ट महिला भलिबल लिग आगामी सेप्टेम्बरदेखि ५ देखि १३ सम्म पोखराको बहुउद्देशिय कभर्ड हलमा आयोजना हुने तय भएको छ । लिगको दोस्रो संस्करणमा विश्वका विभिन्न देशबाट १८ जना अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागी हुनेछन् ।

साथै नेपालका उत्कृष्ट महिला भलिबल खेलाडीहरू पनि प्रतिस्पर्धा गर्नेछन् । यसले सीप, जोश र विश्वव्यापी प्रतिनिधित्वको गतिशील संयोजन प्रस्तुत गर्ने बताइएको छ ।

टर्किस एयरलाइन्सलाई स्वागत गर्दै लिगले उत्कृष्टता, विश्वासिलोपन र विश्वव्यापी पहुँचलाई आत्मसात गर्ने एक प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीसँगको सहकार्यलाई गौरवका रूपमा लिएको छ ।

‘यस साझेदारीले लिगको अन्तर्राष्ट्रिय दृष्टिकोणलाई अझ सुदृढ बनाउनुका साथै नेपालमा महिला भलिबलको बढ्‌दो अन्तर्राष्ट्रिय प्रतिष्ठालाई समेत झल्काएको छ’ आयोजक इन्फिनिटी ड्रिम्सले भनेको छ।

सम्झौतामा टर्किस एअरलाईन्सका महाप्रबन्धक सेरकान बसार र वात्सल्य एभरेष्ट महिला भलिबल लिगकी सिईओ स्नेभी चापागाईंले हस्ताक्षर गरे ।

टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक श्री सेरकान बसारले भने, ‘विश्वका सबैभन्दा धेरै मुलुकमा उडान गर्ने एयरलाइनका रूपमा हामी वात्सल्य एभरेस्ट महिला भलिबल लिगसँग आधिकारिक एयरलाइन साझेदारी गर्न पाउँदा निकै उत्साहित छौँ। यस सहकार्य मार्फत हामी खेल क्षेत्रमा महिला रोल मोडेलहरूलाई समर्थन गर्ने लक्ष्य राख्छौँ। यो सहकार्यले नेपाली भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने विश्वास हामी राख्छौँ, जसले नेपालमा खेलकुद र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नेछ। नेपालमा खेल पर्यटनको विश्वव्यापी एजेन्डासँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।’

‘हामी टर्किस एयरलाइन्सलाई आधिकारिक एयरलाइन पार्टनरका रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित छौं। विश्वव्यापी उपस्थिति र गुणस्तरप्रतिको प्रतिबद्धताले हाम्रो दृष्टिकोणसँग मेल खान्छ, जसले महिला भलिबललाई नेपालमै सीमित नराखी विश्वसँग जोड्ने हाम्रो सपना साकार पार्नेछ । यस संस्करणमा १८ जना अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता, टर्किस एयरलाइन्सको समर्थनले सहज यात्राको व्यवस्था मात्र होइन, लिगलाई थप प्रतिष्ठित पनि बनाएको छ,’ वात्सल्य एभरेस्ट महिला भलिबल लिगका सिईओ स्नेभी चापागाईंले भनिन् ।

एभरेस्ट महिला भलिबल लिग टर्किस एयरलाइन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय