News Summary
Generated by OK AI. Editorially reviewed.- एसुस नेपालले ललितपुरको लबिम मलमा तीन नयाँ मोडलको गेमिङ ल्यापटप सार्वजनिक गरेको छ।
- एसुसको आयोजनामा आरओजी गेमिङ डेज इभेन्ट शुक्रबार सम्पन्न भएको छ।
- कार्यक्रममा पब्जी विश्वकपमा नवौँ स्थान हासिल गरेको होर इस्पोर्ट्स टिमले सहभागिता जनाएको थियो।
६ भदौ, काठमाडौं । एसुसको आयोजनामा शुक्रबार एसुस एण्ड आरओजी गेमिङ डेज इभेन्ट आयोजना भएको छ ।
शुक्रबार ललितपुरमा रहेको लबिम मलमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
विश्वकै नम्बर वान गेमिङ ब्राण्डको रुपमा रहेको रिपब्लिक अफ गेमर्स (आरओजी) को घरको रुपमा रहेको एसुस नेपालले शुक्रबारै तीन नयाँ मोडलको गेमिङ ल्यापटप समेत सार्वजनिक गरेको छ ।
एसुस नेपालले उच्च प्रदर्शनसम्पन्न तीनवटा नयाँ मोडल आरओजी, टियुएफ र असुस गेमिङ लाइनअपलाई अझ बलियो बनाएको हो ।
उक्त कार्यक्रममा नेपालका सबैभन्दा चर्चित इ-स्पोर्ट्स टिममध्ये एक होर इस्पोर्ट्सको पनि सहभागिता थिए । पब्जी विश्वकपमा नवौँ स्थान हात पारेको उनीहरुको सहभागिताले नयाँ पुस्ताका गेमर र क्रियटरहरूलाई प्रेरित गरेको थियो ।
साथै, कार्यक्रममा आरओजी आरटिएक्स ५००० ग्राफिक्स ल्यापटप्स मा एफसी२५ गेमिङ टुर्नामेन्ट समेत आयोजना गरिएको थियो ।
यसलाई नेपालको पहिलो आरटिएक्स ५००० सिरिज ल्यापटपमा आधारित पिसी गेमिङ टुर्नामेन्ट भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4