+

काठमाडौं म्याराथनको सम्पूर्ण तयारी पूरा

२०८२ कात्तिक  ८ गते ११:१५ २०८२ कात्तिक ८ गते ११:१५
काठमाडौं म्याराथनको सम्पूर्ण तयारी पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनआरएस स्पोर्टस फाउन्डेसनले कात्तिक १५ गते आयोजना हुने १७औँ काठमाडौं म्याराथनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
  • यस म्याराथनमा १३ विधा समावेश छन् र २६ राष्ट्रका १०६ अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुनेछन्।
  • म्याराथनको रुट दशरथ रंगशालादेखि सुरु भएर विभिन्न स्थान हुँदै दशरथ रंगशालम आएर समाप्त हुनेछ ।

८ कात्तिक, काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा यही कात्तिक १५ गते आयोजना हुने काठमाडौँ म्याराथनको १७औँ संस्करण सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजकले शुक्रबार विज्ञप्ती जारी गर्दै तयारी पूरा भएको जानकारी दिएको हो ।

नेपालकै सबैभन्दा पुरानो र ठूलो अन्तराष्ट्रिय स्तरको म्याराथनको रुपमा रहेको काठमाडौं म्याराथनमा यस पटक १३ विधाहरु समावेश गरिएको छ ।

जसमा म्याराथनमा (४२.१९५ कि.मी) खुल्ला, ४० वर्ष माथी, ५० वर्ष माथी र ६० वर्ष माथी विधा छन् ।

यस्तै हाफ म्याराथनमा खुल्ला, ४० वर्षमाथि र ५० वर्षमाथि विधा समावेश गरिएको छ । १० किमी खुला र मास्टर्स, ५ किमी खुला तथा ३ किमी खुल्ला, ३ किमी स्कुल रन र ३ किकी फेमिली रन पनि समावेश गरिएको छ ।

खेलाडी दर्ता गर्ने समयसिमा १० कात्तिकसम्म ३ हजार भन्दा बढी खेलाडीहरुले नाम दर्ता गरेको आयोजकले जनाएको छ । ‘२६ राष्ट्रका १०६ जना अन्तर्राष्ट्रिय खेलाडीहरुले आफ्नो नाम दर्ता गरिसकेका छन् र उनीहरु काठमाडौं म्याराथनमा सहभागि हुन नेपाल आउँदैछन् ।’ आयोजकको विज्ञप्तीमा उल्लेख छ ।

काठमाडौँ म्याराथनको रुट दशरथ रंगशाला त्रिपुरेश्वरदेखि सुरु भएर थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोवाटो, ग्वार्को, कोटेश्वर जडीबुटी, कौशलटार चोक, सूर्यविनायक, भक्तपुर दरवार स्क्वायर, बोडे, सानो ठिमी, तिनकुने, पशुपतिनाथ, गौशाला, चावहिल, महाराजगंज, पानीपोखरी, केशरमहल, भद्रकाली, सुन्धारा हुँदै दशरथ रंगशालामै पुगेर समाप्त हुनेछ ।

म्याराथन ४२.१९५ रेस बिहान ठीक साढे ५ बजे सुरु हुने र त्यसपछि प्रत्येक ५ मिनेटको अन्तरालमा अन्य रेसहरू सुरु हुने आयोजकले जनाएको छ ।

काठमाडौं म्याराथनलाई नेपाल एथलेटिक्स संघको मान्यता रहेको र राष्ट्रिय खेलकुद परिषदले पनि स्वीकृति दिएको छ ।

यस्तै नेपाल पर्यटन बोर्ड प्रवर्दन रहेको यस म्याराथनलाई काठमाडौँ, ललितपुर, भक्तपुर, मध्यपुर ठिमी तथा सूर्यविनायक नगरपालिकाको पनि साथ रहेको छ । काठमाडौँ, ललितपुर, भक्तपुर तिनै जिल्ला प्रशाशन कार्यलयबाट पनि स्वीकृती प्राप्त गरिसकेको छ ।

यस वर्ष खेलाडीहरुको प्रोत्साहनका लागि दौड पुरा गर्ने सबै धावकहरुले फिनिसर्स मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विजेता खेलाडीहरुले प्रमाणपत्र र मेडल,  नगद पुरस्कार तथा उपहारहरू प्राप्त गर्ने आयोजकले जनाएको छ ।

१७औं काठमाडौं म्याराथनको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक जोडिएको छ भने अन्य प्रायोजकमा क्याथे प्यासिफिक, हुवावे, डिपैसा, सजिलो, सुजल डेली, अथर, नेक्सलो, नेक्टर स्पा, हिमा बेकरी, जार/पूर्ण वाटर रहेका छन् ।

यस दौडको टी-शर्ट र बिव कार्तिक ११ र १२ गते (अक्टोबर २८-२९)  मा सातदोबाटोस्थित नेपाल स्क्वास एण्ड र्‍याकेट एसोसिएसनको प्राङ्गणमा वितरण हुने आयोजकले जनाएको छ ।

 

काठमाडौं म्याराथन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय