+

मंसिर १५ देखि तेस्रो उपमेयर कप कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

२०८२ मंसिर  १० गते १०:४७ २०८२ मंसिर १० गते १०:४७

सुन्दरपुर ब्याडमिन्टन क्लबको आयोजनामा, चौदण्डीगढी नगरपालिकाको मुख्य सहयोग, ५ नं. वडा कार्यालय सुन्दरपुरको सहयोग तथा कोशी प्रदेश ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न हुने लागेको सुन्दरपुर ब्याडमिन्टन क्लबका अध्यक्ष सनिल चौधरीले जानकारी दिए।

मंसिर १५ देखि तेस्रो उपमेयर कप कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा तेस्रो उपमेयर कप कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नवनिर्मित सुन्दरपुर कभर्डहलको औपचारिक उद्घाटन गर्ने आयोजकले जानकारी दिएका छन्।
  • प्रतियोगिता २०८२ मंसिर १५, १६ र २१, २२ गते सञ्चालन हुने र विभिन्न विधामा नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

१० मंसिर, उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरस्थित नवनिर्मित ब्याडमिन्टन कभर्डहलमा तेस्रो उपमेयर कप कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।

सुन्दरपुर ब्याडमिन्टन क्लबको आयोजनामा, चौदण्डीगढी नगरपालिकाको मुख्य सहयोग, ५ नं. वडा कार्यालय सुन्दरपुरको सहयोग तथा कोशी प्रदेश ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न हुने लागेको सुन्दरपुर ब्याडमिन्टन क्लबका अध्यक्ष सनिल चौधरीले जानकारी दिए।

यसैक्रममा नव निर्माण सम्पन्न कभर्डहलको उद्वघाटन गर्नु गर्नका लागि माननीय कोशी प्रदेशका मुख्यमन्त्री श्री हिक्मत कार्कीज्यूले विशेष समारोहका बीच औपचारिक उद्वघाटन गर्ने आयोजक मुल समारोह समितिका अध्यक्ष तुलसिराम ढकालले जनाकारी बताए। कभर्डहल उद्घघाटनसँगै सुन्दरपुरलाई खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने अभियान अझ सशक्त रूपमा अघि बढ्ने विश्वास लिएको छ।

प्रतियोगिता २०८२ मंसिर १५, १६ (प्रदेश बाहेकका) तथा २१, २२ (प्रदेश भरिको) सञ्चालन हुनेछ। कोशी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको उत्साहजनक सहभागिता रहने छ।

प्रदेश स्तरिय मेन्स डबल्स, प्रदेश स्तरिय मिक्स डबल्स, प्रदेश स्तरिय भेट्रान्स४५+, र प्रदेश स्तरिय वाईज यु-१९ सिङ्गल हुने छ भनी जिल्ल स्तरिय मेन्स डब्ल ओपन, वुमेन्स डब्ल ओपन, कर्मचारी स्तरिय, अन्तारिक क्लब स्तरिय लगायतका विधामा हुने प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

निकै समय पछि ठुलो स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना हुन लागेकाले सुन्दरपुरका खेलप्रेमी, स्थानीयवासी तथा युवाहरूमा छुट्टै उत्साह देखिएको छ। आयोजकले प्रतियोगितालाई भव्य र शान्तिपूर्ण बनाइ सफल पार्न सबैको सहयोग र उपस्थितिको आग्रह गरेको छ।

 

कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय