News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचौं त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता ५ साउन, काठमाडौंमा ६० विद्यालयका करिब ४०० विद्यार्थीको सहभागितामा सम्पन्न भएको छ।
- प्रतियोगिता दुई चरणमा स्विस लिग प्रणालीअनुसार सञ्चालन भएको थियो, जसमा छनोट र फाइनल राउन्डका खेलहरू समावेश थिए।
- कक्षा १ देखि १० सम्म आठ स्पर्धामा विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्।
५ साउन, काठमाडौं । त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौं त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता सोमबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब ४०० विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो । पहिलो दिन छनोट चरणको खेल भएको थियो भने दोस्रो दिन फाइनल राउन्डका खेल भएका थिए ।
प्रतियोगितामा कुल ८ स्पर्धा समावेश थिए । प्रतियोगितामा कक्षा १ देखि ३ सम्म युरो स्कुल, ४ र ५ तर्फ अन्नपूर्ण स्कुल, कक्षा ६ र ७ तर्फ निसर्ग बाटिका तथा कक्षा ८ देखि १० सम्म मनकामना स्कुल पहिलो भए ।
कक्षा १ देखि ३ छात्रामा युरोकी रुबेस्री चौलागाईं पहिलो, सोही विद्यालयकी आद्रिसी भट्टराई दोस्रो तथा अन्नपूर्णका रिहाना श्रेष्ठ तेस्रो भए ।
छात्रतर्फ काठमाडौं गुरुकुलका सुनभ ओझा पहिलो, रातो बङ्गलाका शुभंग प्रधान दोस्रो तथा निस्टका कबिन सिंह रावत तेस्रो भए । कक्षा ४ र ५ छात्रामा फ्युचर स्टारका ग्लोसी श्रेष्ठ पहिलो, आइडब्लूएसकी अग्रता आचार्य दोस्रो तथा अन्नपूर्णकी तृष्टिना बस्नेत तेस्रो भए ।
छात्रतर्फ माछापुच्छ्रेका साहस श्रेष्ठ पहिलो, दिपज्योतीका मन्दिप आले मगर दोस्रो तथा ल्याब स्कुलका अङ्कुर पोखरेल तेस्रो भए ।
छात्रा ६ र ७ मा मार्भलियसका निहाना श्रेष्ठ पहिलो, त्रियोगकी श्रीयश्री तुलाधर दोस्रो तथा विश्व निकेतनकी उज्भानी कणेल तेस्रो भए । छात्रतर्फ पुष्पसदनका हार्दिक पन्त पहिलो, निसर्ग बाटिकाका सात्त्विक मान तुलाधर दोस्रो तथा प्रसित खनाल तेस्रो भए ।
कक्षा ८ देखि १० छात्रामा मनकामनाकी प्रसियस अधिकारी पहिलो, मार्भलियसकी कृष्टी रिजाल दोस्रो तथा डिएभीकी प्रज्ञा पन्त तेस्रो भए । छात्र तर्फ पाठशालाका ओसकार पन्त पहिलो, पुष्प बाटिकाका स्प्रनमान श्रेष्ठ दोस्रो तथा माृतभुमीका सबिद प्रजापति तेस्रो भए ।
प्रतिक्रिया 4