News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले चिनको निङ्ग्बोमा आयोजना भएको एसियन तेक्वान्दो च्याम्पियन्स लिगमा एक रजत र एक कांस्य पदक जितेको छ।
- प्रभुराम केसीले पुरुष व्यक्तिगत स्पाइरिंग ५८-६२ केजीतर्फ फाइनलमा पराजित भई रजत पदक जितेका छन्।
- सस्मन बस्नेतले ७२-७४ केजीतर्फ कांस्य पदक जितेका छन् र मास्टर लक्ष्मण बस्नेतले आर्थिक समस्या बाबजुद पदक जित्न सफल भएको बताए।
२ भदौ, काठमाडौं । यही अगस्ट १६-१७ मा चिनको निङ्ग्बो शहरमा आयोजना भयको एसियन आईटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा मा नेपालले एक रजत र एक कांस्य पदक जितेको छ ।
प्रतियोगितामा पुरुष व्यक्तिगत स्पाइरिंग ५८-६२ केजीतर्फ नेपालका प्रभुराम केसीले आयोजक चिनका खेलाड़ी चांग मिंगलाई सेमिफाइनलमा सहजै पराजित गर्दै फाइनल पुगेकन थिए ।
तर फाइनलमा चिनकै खेलाडी चाई झ्याओसंग प्रतिस्पर्धात्मक खेलमा पराजित भएपछि रजत पदक जितेका हुन् ।
भक्तपुर सूर्यबिनायक नगरपालिका १० का स्थाई बासिंदा ३५ बर्सका प्रभुरामले नेपालमा भएका प्रतियोगिताहरूमा विभिन्न पदक जितेपनि तेक्वान्दोमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा देशका लागि पदक जित्दा ग़ौरव महसूस भएको बताए ।
यस्तै ७२-७४ केजीतर्फ सस्मन बस्नेतले चिनकै खेलाड़ी जांग चेंगसो संग सेमिफाइनलमा प्रतिस्पर्धात्मक खेलमा पराजित भए । उनी रेफ़्रीको चेतावनीको कारण पराजित भएका थिए ।
तेश्रो स्थानको लागी अर्को पोलका चीनकै खिलाड़ी झाओमोले चोटका कारण वाकओभर दिएपछि सस्मनले कांस्य पदक जितेका हुन् ।
काभ्रेपापलांचोक, बनेपा नगरपालिका १४ का २४ वर्षिय सस्मन बस्नेतले यसअघि सन् २०१६ मा बेलायतमा आयोजना भएको खुल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा जुनियर स्पेयरिङमा रजत, सन् २०१७ मा दक्षिण कोरियामा आयोजना भएको जूनियर एसियन प्रतियोगितामा स्वर्ण र हालै अष्ट्रेलियाको मेलबर्नमा आयोजना भएको ग्लोबल प्रतियोगितामा रजत पदक जितेका थिए । साथै उनले नेपाल तथा भारतमा आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा स्वर्ण तथा रजत पदक जितिसकेका छन् ।
आर्थिक कारणले गर्दा सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै खेलाड़ी सहभागि हुन नसके पनि आफ़्नै खर्चमा थोरै खेलाडी सहभागि गराएपनि नेपालको चन्द्र सूर्य अंकित झण्डा फहराएर कुनै न कुनै पदक नेपालका लागि जित्न सफल भएको टिम कोच तथा तेक्वान्दो आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले बताए ।
प्रतिक्रिया 4