News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको तेस्रो खेलमा बलियो लक्ष्य पाएको छ ।
- मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो ।
- नेपालले पहिलो दुई खेलमा एनटी स्ट्राइक र बंगलादेश एसँग पराजित भएको छ र बाँकी खेल होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
२ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले बलियो लक्ष्य पाएको छ ।
मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो ।
मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । थोमस रोजर्सले ६५ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । कप्तान क्याम्पबेल केलावे व्यक्तिगत २ रनमा पहिलो ओभरमै आउट भएपनि ब्लेक र थोमसले दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरे ।
नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र शाहब आलमले १-१ विकेट लिए । यस्तै २ खेलाडी रनआउट भए ।
नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो भने दोस्रो खेलमा शनिबार बंगलादेश ए सँग पराजित भएको थियो ।
नेपालले यसपछि होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
प्रतिक्रिया 4