News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भारोत्तोलन संघ र ब्लु क्रस अस्पतालबीच खेलाडी उपचारका लागि बुधबार सम्झौता भएको छ।
- ब्लु क्रसले एक्स रे, एमआरआई, सीटी स्क्यान, फिजियोथेरापी र आकस्मिक दुर्घटनामा २० प्रतिशत छुट दिने छ।
- औषधि सेवा, भर्ना, माइनर र मेजर अपरेसनमा पनि ब्लु क्रसले विशेष छुट दिने सम्झौता भएको संघले जनाएको छ।
१८ भदौ, काठमाडौं । नेपाल भारोत्तोलन संघ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच खेलाडी उपचारका लागि बुधबार सम्झौता भएको छ ।
ब्लु क्रसले विशेषज्ञ भेट, एक्स रे, एमआरआई, सीटी स्क्यान, अल्ट्रासाउन्ड, इसीजी, इको, फिजियोथेरापी, रगत परीक्षण र कुनैपनि आकस्मिक दुर्घटनामा २० प्रतिशत छुट दिने छ ।
औषधि तथा फार्मेसी सेवा, भर्ना भइ उपचार गर्नु पर्ने अवस्था, अवस्था हेरी माइनर र मेजर अपरेसनमा पनि ब्लु क्रसले विशेष छुट दिने सम्झौता भएको भारोत्तोलन संघले जनाएको छ ।
भारोत्तोलन संघले उपलब्ध गराएको योग्य सदस्य र खेलाडीको नामवली, भारोत्तोलन संघको आधिकारिक परिचय पत्र वा सिफारिस पत्रको अधारमा ब्लु क्रसले उपरोक्त सेवा प्रदान गर्ने छ ।
प्रतिक्रिया 4