+

जुडोकी कविता सम्मानित

२०८२ भदौ  ९ गते १८:४६ २०८२ भदौ ९ गते १८:४६
जुडोकी कविता सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल जुडो संघ अन्तर्गतको रेफरिङ कमिसनले कविता पुनलाई आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षा उत्तीर्ण गरेकोमा सोमबार सम्मान गरेको छ।
  • आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षा जोर्डनको अम्मानमा अगष्ट १५ देखि १९ सम्म भएको थियो र कविता एसियाली स्तरसम्म निर्णायक बन्न योग्य भएकी छन्।
  • कविता नेपालबाट दोस्रो महिला र १३ औं समग्र निर्णायक हुन्, जसलाई जुडो महासंघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र कमिसनका अध्यक्ष धर्मकुमार श्रेष्ठले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे।

९ भदौ, काठमाडौं । नेपाल जुडो संघ अन्तर्गतको रेफरिङ कमिसनले कविता पुनलाई सोमबार सम्मान गरेको छ । कवितालाई आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षा उत्तीर्ण गरेकोमा सम्मान गरिएको हो ।

परीक्षा जोर्डनको अम्मानमा अगष्ट १५ देखि १९ तारिखसम्म भएको थियो । उपलब्धीसंगै कविताले एसियाली स्तरसम्मको जुडो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न योग्य भएकी छन् ।

नेपालबाट यो उपलब्धि हासिल गर्ने कविता दोस्रो महिला तथा समग्र १३ औं निर्णायक हुन् ।

आईजेएफ कन्टिनेन्टल रेफ्री एक्जामिनेसन तथा सेमिनारका दौरान भएको परीक्षामा नेपालबाट राधादेवी राई र रवि चौधरीले सहभागिता जनाएकोमा कविता मात्र सफल भएकी हुन् ।

कवितालाई जुडो महासंघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र कमिसनका अध्यक्ष धर्मकुमार श्रेष्ठले एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

कविता पुन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय