News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वियाली खेलाडी ल्युबिका केकमान आमाको हृदयघातका कारण स्वदेश फर्किएकी छन्।
- ल्युबिका केकमान पोखरा निन्जाजमा अनुबन्धित भएर इडब्लुभिएल दोस्रो संस्करणमा खेल्ने थिइन्।
- इडब्लुभिएल दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गते पोखरामा आयोजना हुँदैछ।
९ भदौ, काठमाडौं । वात्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पाेखरा निन्जाजमा अनुबन्धित भएर नेपाल आइसकेकी सर्वियाली खेलाडी ल्युबिका केकमान स्वदेश फर्किएकी छन् ।
सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर केकमान आमालाई हृदयघात भएका कारण स्वदेश फिर्ता भएकी हुन्।
पोखरा निन्जाजले उनकी आमाको शीघ्र स्वास्थय लाभकाे कामना गरेको छ ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदी २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ ।
प्रतिक्रिया 4