+

इंग्लिस प्रिमियर लिग : ६ गोल ‘थ्रिलर’ मा लिभरपुल बराबरीमा रोकियो

२०८२ मंसिर  २१ गते ९:०८ २०८२ मंसिर २१ गते ९:०८
इंग्लिस प्रिमियर लिग : ६ गोल ‘थ्रिलर’ मा लिभरपुल बराबरीमा रोकियो

२१ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल बराबरीमा रोकिएको छ । ६ गोल ‘थ्रिलर’ मा लिभरपुल लिड्स युनाइटेडसँग ३-३ को बराबरीमा रोकिएको हो ।

खेलका सबै गोल दोस्रो हाफमा भएका थिए । लिभरपुलले दुई गोलको अग्रता लिएर पनि बराबरी भएपछि फेरि लिएको अग्रता पनि जोगाउन सकेन ।

खेलको ४८औं र ५०औं मिनेटमा ह्युगो एकिटिकले गोल गर्दै लिभरपुललाई दुई मिनेटभित्र दुई गोलको अग्रता दिलाएका थिए ।

७३औं मिनेटमा डोमिनिक क्यालभर्ट लेविनले पेनाल्टीमार्फत गोल गरे भने त्यसको दुई मिनेटमा एन्टन स्टाकले गोल गरेपछि लिड्सले खेल बराबरीमा ल्यायो ।

८०औं मिनेटमा डोमिनिक सोबोस्लाइले गोल गरेपछि लिभरपुल फेरि खेलमा अगाडि आयो ।

तर इन्जुरी समयको छैटौं मिनेटमा लिड्सका एओ तनाकाले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

बराबरीपछि लिभरपुल १५ खेलबाट २३ अंकसहित आठौं स्थानमा छ भने लिड्स १५ अंकसहित १६औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय