+

राजन र पूर्णलक्ष्मीले जिते एफक्यान रोड रेसको उपाधि

२०८२ मंसिर  २० गते २२:४१ २०८२ मंसिर २० गते २२:४१
राजन र पूर्णलक्ष्मीले जिते एफक्यान रोड रेसको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल निर्माण व्यवसायी महासंघले १८औं राष्ट्रिय निर्माण दिवसको पूर्वसन्ध्यामा एफक्यान रोड रेस आयोजना गरेको थियो।
  • पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय र महिला खुल्ला १० किलोमिटरतर्फ पूर्णलक्ष्मी न्यौपानेले उपाधि जितेका छन्।
  • प्रतियोगितामा जापान, चीन र इटलीका खेलाडीसहित ४७१ जनाको सहभागिता रहेको थियो र मंसिर २२ गते रक्तदान कार्यक्रम आयोजना गरिनेछ।

२० मंसिर, काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघले १८औं राष्ट्रिय निर्माण दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको एफक्यान रोड रेसको उपाधि राजन रोकाय र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् ।

शनिवार भएको रेसमा पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय पहिलो भए । आर्मी क्लबकै सञ्जय श्रेष्ठ दोस्रो र सशस्त्र प्रहरीका तयाहाङ्ग राई तेस्रो भएका छन् ।

यसैगरी महिला खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मी क्लबकै निशा सार्की दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो भए । पुरुष र महिला दुवैतर्फ विजेताले नगद २५ हजार प्राप्त गरे भने दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद प्राप्त गरेका छन् ।

कर्पोरेटतर्फ पुरुष ५ किलोमिटरमा रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । कर्पोरेटतर्फ महिला ५ किलोमिटरमा सोनु घतानी, नगीना महर्जन र रजीना दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यस विधातर्फ पुरुष र महिला दुवैको शीर्ष तीनमा रहनेले क्रमशः रु १० हजार, ६ हजार र ४ हजार जितेका छन् ।

भेट्रान्स तर्फ पुरुष ५ किलोमिटरमा धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । भेट्रान्सतर्फ महिला ५ किलोमिटरमा कल्पना महर्जन, शर्मिला बस्नेत र चारु अर्याल क्रमशः पहिलो दोस्रो तेस्रो भए । यस विधातर्फका विजेता पुरुष र महिला दुवैले क्रमशः रु १० हजार, ६ हजार र ४ हजार जितेका छन् ।

विद्यार्थी (छात्र) तर्फ ५ किलोमिटरमा हस्तबहादुर सुनार, अजय वि.के र रञ्जित राउत क्रमश: पहिलो, दोस्रो र तेस्रो भए । छात्रातर्फ ५ किलोमिटरमा भगवती खड्का, शर्मिल वि.के र आयुष्मा आचार्य क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यसविधा तर्फका विजेता छात्र र छात्राले पनि क्रमशः रु १० हजार, ६ हजार र ४ हजार जितेका छन् ।

१० किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपस्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तिनकुने, सिनामंगल, एयरपोर्ट, तिलगंगा अस्पताल हुँदै सोही रुटबाट पुन: महासंघ सचिवालय फर्केर टुङ्गिएको थियो ।

५ किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपस्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तिनकुने हुँदै सोही रुटबाट पुनः महासंघ सचिवालय आएर समाप्त भएको थियो ।

यसअघि महासंघ सचिवालयमा एफक्यान रोड रोस—२०८२ को उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले गरेका थिए ।

विजयी खेलाडीहरूलाई सचिव शर्मा सहित, महासंघका अध्यक्ष रवि सिंह, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे सहित महासंघका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूले नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरे ।

प्रतियोगिताका संयोजक समेत रहेका महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरेका अनुसार एफक्यान रोड रोस—२०८२ मा जापान, चीन र इटलीका खेलाडीहरूको समेत गरी कुल ४ सय ७१ जनाको सहभागिता रहेको थियो ।

हिमालय रनिङ क्लब टेक्निकल पार्टनर रहेको एफक्यान रोड रोस—२०८२ मा एभरेष्ट अस्पताल हस्पिटल पाटर्नर र हिमालय एभरेष्ट इन्स्युरेन्स कम्पनी इन्युरेन्स पार्टनर रहेको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघले १८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा मंसिर २२ गते बिहान प्रभातफेरि तथा महासंघ सचिवालयमा रक्तदान कार्यक्रम सहित अन्य विविध सामाजिक कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ ।

एफक्यान रोड रेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय