News Summary
Generated by OK AI. Editorially reviewed.- स्वर्णिम र रिब्सले तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्स फाइनलमा प्रवेश गरेका छन्।
- ज्ञान निकेतन र कन्स्टिलेसनले ब्वाइज फाइनल भिडन्त पक्का गरेका छन्।
- न्यु जेनिथ कप अन्तर्गत ब्वाइज फुटसलको तीन उमेरसमूहमा फाइनल समीकरण तयार भइसकेको छ।
९ भदौ, काठमाडौं । स्वर्णिम र रिब्स तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई ४१–११ ले पराजित गर्यो । विजयी टिमका लागि हिसी ल्हामु लामाले २१ अंक जोडिन् । रिब्सले राराहिललाई २७–१७ ले हरायो । विजेताकी लिस्का थापाले १२ स्कोर गरिन् ।
भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा ज्ञान निकेतन र कन्स्टिलेसनले उपाधि भिडन्त पक्का गरे ।
ज्ञान निकेतनले पुष्पसदनलाई ६७–५१ ले पाखा लगायो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले ३३ अंक बटुले । कन्स्टिलेसनले ब्राइट होराइजनलाई ६९–५८ ले पन्छायो । कन्स्टिलेसनका रिडम नेपालीले २१ अंक जोडे ।
न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको ३ उमेरसमूहको प्रतिस्पर्धामा भने यसअघि नै फाइनल समीकरण तयार भइसकेको छ । यु–११ मा चेल्सी वर्ल्ड स्कुल र बेसिक लर्निङ तथा यु–१३ मा ब्राइट होराइजन र हार्टल्यान्ड एकेडेमी उपाधिका लागि भिड्ने छन् ।
यु–१६ को फाइनलमा रिब्सले ग्रिन भिलेजको सामना गर्ने छ । सबै फाइनल मंगलबार हुनेछ ।
प्रतिक्रिया 4