News Summary
Generated by OK AI. Editorially reviewed.- पुष्पसदन र कन्स्टिलेसनले न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल सिनियर ब्वाइज सेमिफाइनलमा प्रवेश गरेका छन्।
- सिनियर गल्र्स बास्केटबलमा रिब्स, स्वर्णिम, राराहिल र ग्यालेक्सी पब्लिक स्कुलले सेमिफाइनल स्थान सुरक्षित गरेका छन्।
- ब्वाइज फुटसल यु–११, यु–१३ र यु–१६ मा विभिन्न टोलीहरूले फाइनलमा स्थान बनाएका छन्।
८ भदौ, काठमाडौं । पुष्पसदन र कन्स्टिलेसनल तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा पुष्पसदनले पिपुल्स एकेडेमीलाई ३१–११ तथा कन्स्टिलेसनले कश्यपलाई ४३–२० ले पराजित गरे । पुष्पसदनका सुशान श्रेष्ठले १५ तथा कन्स्टिलेसनका रिडम नेपालीले ११ अंक जोडे ।
सिनियर ब्वाइजमै ज्ञान निकेतनले स्वर्णिमलाई ६२–४४ तथा ब्राइट होराइजनले राराहिललाई ४२–४० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले २१ तथा ब्राइट होराइजनका विवेक गुरुङले १२ स्कोर गरे ।
सिनियर गल्र्समा रिब्सले जेसिसलाई २३–८, स्वर्णिमले रेडियन्ट पब्लिकलाई २३–५, राराहिलले केसीसीएसलाई १२–७ र ग्यालेक्सी पब्लिक स्कुलले युरो स्कुललाई २०–४ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । रिब्सकी सुप्रिया मल्लले ९, स्वर्णिमकी नितिशा महर्जनले ११, राराहिलकी अलिशा ओलीले ८ र ग्यालेक्सीकी प्राची क्षेत्रीले १४ स्कोर गरे ।
ब्वाइज फुटसलको यु–११ मा चेल्सी वल्र्ड स्कुलले एआईलाई २–१ तथा बेसिक लर्निङले रेडियन्ट पब्लिकलाई ३–० ले पराजित गरी फाइनलमा स्थान बनाए । यु–१३ मा ब्राइट होराइजनले प्याराडाइसलाई ४–२ तथा हार्टल्यान्ड एकेडेमीले विद्यावाणीलाई ३–२ ले हराउदै उपाधि भिडन्त पक्का गरे ।
यु–१६ मा रिब्सले ब्रम्हकुञ्जलाई ४–३ (टाइब्रेकर) तथा ग्रिन भिलेजले निसर्गलाई ३–१ ले पाखा लगाउदै फाइनल यात्रा तय गरे ।
प्रतिक्रिया 4