+

नेपाल कबड्डी लिगका लागि खेलाडी दर्ता सोमबारसम्म

२०८२ भदौ  ८ गते २०:५३ २०८२ भदौ ८ गते २०:५३
नेपाल कबड्डी लिगका लागि खेलाडी दर्ता सोमबारसम्म

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कबड्डी लिग सिजन–२ का लागि खेलाडी दर्ता भोलि सोमबार (२५ अगस्ट) सम्म खुला रहने भएको छ।
  • आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले स्वदेशी तथा विदेशी खेलाडीको बढ्दो चासोका कारण दर्ता अवधि लम्ब्याएको हो।
  • दर्ता भएका खेलाडीलाई फ्रेन्चाइज टिमले ड्राफ्टमार्फत चयन गर्नेछन् र सिजन–२ को मिति चाँडै सार्वजनिक गरिनेछ।

८ भदौ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) सिजन–२ का लागि खेलाडी दर्ता भोलि सोमबार (२५ अगस्ट) सम्म खुला रहने भएको छ।

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले स्वदेशी तथा विदेशी खेलाडीको बढ्दो चासोका कारण दर्ता अवधि लम्ब्याएको हो।

प्रमुख अमितकुमार बेगानीका अनुसार उपत्यका, मोफसल र विदेश सबैतिरबाट धेरै आवेदन आएकाले इच्छुक कसैलाई पनि अवसर छुट्न नदिन सोमबारलाई अन्तिम दिन तोकिएको हो।

दर्ता भएका खेलाडीलाई फ्रेन्चाइज टिमले ड्राफ्टमार्फत चयन गर्नेछन्। दर्ता प्रक्रिया यसअघि ८ जुलाईमा सुरु भएको थियो। सिजन–२ को मिति चाँडै सार्वजनिक गरिनेछ।

एनकेएलको पहिलो सिजन गत जनवरीमा सम्पन्न भएको थियो, जसमा जनकपुर नाइट्सले काठमाडौंलाई हराएर उपाधि जितेको थियो।

पहिलो संस्करणमा नेपालसहित पाँच देशका खेलाडीले भाग लिएका थिए।

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय