+

हेड, ग्रीन र मार्शको शतक तथा कोनोलीको ५ विकेटमा अस्ट्रेलियाको फराकिलो जित

२०८२ भदौ  ८ गते १६:२६ २०८२ भदौ ८ गते १६:२६
हेड, ग्रीन र मार्शको शतक तथा कोनोलीको ५ विकेटमा अस्ट्रेलियाको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाले दक्षिण अफ्रिकासँगको तेस्रो एकदिवसीय क्रिकेटमा २७६ रनले फराकिलो जित निकालेको छ।
  • अस्ट्रेलियाले दिएको ४३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २४.५ ओभरमा १५५ रनमा अलआउट भयो।
  • अस्ट्रेलियाका कूपर कोनोलीले ६ ओभरमा ५ विकेट लिए भने ट्राभिस हेड, मिचेल मार्श र क्यामरन ग्रीनले शतक प्रहार गरे।

८ भदौ, काठमाडौं । ब्याटिङमा तीन शतक तथा बलिङमा सशक्त प्रदर्शन गर्दै अस्ट्रेलियाले दक्षिण अफ्रिकासँगको तेस्रो एकदिवसीय खेलमा फराकिलो जित निकालेको छ ।

आइतबार भएको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा अस्ट्रेलिया २७६ रनले विजयी भएको हो । अस्ट्रेलियाले दिएको ४३२ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २४.५ ओभरमा १५५ रनमा अलआउट भयो ।

दक्षिण अफ्रिकाका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक ४९ तथा टोनी डे जोर्जीले ३३ रन बनाए ।

अस्ट्रेलियाका कूपर कोनोलीले ६ ओभरमा २२ रन मात्र दिएर ५ विकेट लिए । जेभियर बार्टलेट र शन एबटले २-२ तथा एडम जाम्पाले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा २ विकेट गुमाएर ४३१ रनको विशाल योगफल खडा गरेको थियो ।

अस्ट्रेलियाका लागि तीन ब्याटरले शतक प्रहार गरे । ओपनर ट्राभिस हेड र मिचेल मार्शले पहिलो विकेटका लागि २५० रनको साझेदारी गरेका थिए । हेडले १४२ रन बनाए भने मार्श १०० रनमा आउट भए ।

क्यामरन ग्रीन ११८ तथा एलेक्स क्यारी ५० रनमा अविजित रहे । दक्षिण अफ्रिकाका केशव महाराज र सेनुरन मुथुसामीले १-१ विकेट लिए ।

यसअघि नै शृंखला जितिसकेको दक्षिण अफ्रिकाले पहिलो खेलमा ९८ रन तथा दोस्रो खेलमा ८४ रनको जित निकालेको थियो ।

अस्ट्रेलिया क्रिकेट दक्षिण अफ्रिका क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय