News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्डेनगेट इन्टरनेसनल कलेजले दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
- फाइनलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजलाई ४०-१५ ले पराजित गरेको हो ।
- प्रतियोगितामा पाँच टोली सहभागी थिए । विजेताले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो।
२१ मंसिर, काठमाडौं । दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेनगेट इन्टरनेसनल कलेजले जितेको छ ।
एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा भएको प्रतियोगितामा आइतबार भएको फाइनलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजलाई ४०-१५ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
गोल्डेनगेटका लागि एन्जल गुप्ताले सर्वाधिक १८ अंक स्कोर गरिन् । उनी प्रतियोगिता मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भइन् ।
यस्तै आइतबारै तेस्रो स्थानको लागि भएको खेलमा ल्याण्डमार्क एकेडेमीले ब्लुबर्ड कलेजलाई २७-१७ ले हरायो । ल्याण्डमार्ककी अनिशा खत्रीले सर्वाधिक १२ अंक स्कोर गरिन् ।
प्रतियोगिताको विजेता गोल्डेनगेटले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता जेभियरले १५ हजार हात पार्यो । एमभीपी एन्जलले १० हजार हात पारिन् ।
प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ ।
ग्रसारुटबाटै महिला बास्केटबल खेलाडीहरुको विकास गर्ने र प्रतिभा पहिचान गर्ने लक्ष्यसहित यस प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4