+

टप एन्ड टी-२० सिरिजको उपाधि पर्थले जित्यो

२०८२ भदौ  ८ गते १६:३७ २०८२ भदौ ८ गते १६:३७
टप एन्ड टी-२० सिरिजको उपाधि पर्थले जित्यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्थ स्कोर्चर्स एकेडेमीले अस्ट्रेलियाको नर्दन टेरिटोरीमा सम्पन्न टप एन्ड टी-२० सिरिजको उपाधि जितेको छ।
  • पर्थले एडिलेड स्ट्राइकर्सलाई १५ रनले हरायो।
  • नेपालले लिग चरणका ६ खेलमा २ जितेर ४ अंकसहित आठौं स्थानमा सीमित रह्‍यो।

८ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा सम्पन्न टप एन्ड टी-२० सिरिजको उपाधि पर्थ स्कोर्चर्स एकेडेमीले जितेको छ । आइतबार भएको फाइनलमा एडिलेड स्ट्राइकर्सलाई १५ रनले हराउँदै पर्थले उपाधि जितेको हो ।

पर्थले दिएको २०६ रनको लक्ष्य पछ्याएको एडिलेडले २० ओभरमा ६ विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो । म्याकेन्जी हार्भी ८३ रनमा अविजित रहेपनि जिताउन सकेनन् । ह्‍यारी मानेन्तीले ६० रन बनाए ।

पर्थका लागि म्याथ्यु स्पूर्स र किटन क्रिचलले २-२ तथा म्याथ्यु केली र कोरे रोकिसियोलीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पर्थले २० ओभरमा २ विकेट गुमाएर २०५ रन बनाएको थियो । बाक्सटर होल्टले ६३ बलमा ११४ रन तथा कप्तान टिग वालीले अविजित ५६ रन बनाए ।

एडिलेडका हानो जाकोब्स र जर्सिस वाडियाले १-१ विकेट लिए ।

यसअघि आजै भएको सेमिफाइनलमा पर्थले पाकिस्तान शाहीन्स तथा एडिलेडले शिकागो किङ्समेनलाई हराएर फाइनलमा स्थान बनाएका थिए ।

यस प्रतियोगितामा नेपाल पनि सहभागी थियो । नेपाल भने लिग चरणका ६ खेलमा २ खेल मात्र जितेर ४ अंकसहित आठौं स्थानमा सीमित रह्‍यो ।

टप एन्ड टी-२० सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय