+

साफ यू-१७ महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल पराजित

२०८२ भदौ  ८ गते १९:५९ २०८२ भदौ ८ गते १९:५९
साफ यू-१७ महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले भुटानमा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग ३-० ले पराजित भएको छ।
  • खेलमा बंगलादेशले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो।
  • नेपालले पहिलो खेलमा भारतसँग ७-० ले पराजित भएको र दोस्रो खेलमा भुटानलाई २-१ ले पराजित गरेको थियो।

८ भदौ, काठमाडौं । भुटानमा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा आफ्नो तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० ले पराजित भएको छ ।

थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको खेलमा बंगलादेशले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरेको थियो ।

खेलमा नेपालले पनि गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

च्याम्पियनसिपमा नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा भारतसँग ७-० ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई २-१ ले पराजित गरेको थियो ।

 

साफ यू-१७ महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय