News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली खेलाडीले चीनको छेङडुमा भएको एन्टा २०२५ तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा १३ पदक जितेका छन्।
- नेपालले ५ स्वर्ण, ३ रजत र ५ कांस्य पदक जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन्।
- प्रतियोगितामा आरुषी थिङ, तभिसा तामाङ, विवश तामाङ, कुमार तामाङले स्वर्ण पदक जितेका छन्।
८ भदौ, काठमाडौं । नेपाली खेलाडीले एन्टा २०२५ तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा १३ पदक जितेका छन् । नेपालले ५ स्वर्ण, ३ रजत र ५ कांस्य जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।
अगष्ट २१ देखि २२ तारिखसम्म चीनको छेङडुमा भएको प्रतियोगितामा एकल पुम्सेको यु–१० मा आरुषी थिङ, यु–१२ मा तभिसा तामाङ र विवश तामाङ, ३४ केजीमुनि आयु रे र भीआर इभेन्टमा कुमार तामाङले स्वर्ण जिते ।
त्यस्तै ३८ केजीमुनि निकी थिङ, ५८ केजीमुनि अफेस खत्री र एकल पुम्सेको यु–१४ मा पविना घलेले रजत हात पारे । २७ केजीमुनि सुजल कार्की, २९ केजीमुनि पवन घले, ३१ केजीुमनि सफल गुरुङ र ३६ केजीमुनि सागर गुरुङले कांस्य प्राप्त गरे ।
प्रशिक्षकमा प्रवीण खड्गी रहेका छन् भने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक विकेश विडारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा काभ्रेस्थली, गोलढुंगा, अल्टिमेट र स्युचाटार तेक्वान्दो डोजाङका खेलाडीले सहभागिता जनाएको अध्यक्ष खड्गीले जानकारी गराए ।
प्रतिक्रिया 4