+

स्वर्णिम र ज्ञान निकेतन न्यु जेनिथ कप बास्केटबलको क्वाटरफाइनलमा

२०८२ भदौ  ८ गते १०:०० २०८२ भदौ ८ गते १०:००
स्वर्णिम र ज्ञान निकेतन न्यु जेनिथ कप बास्केटबलको क्वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वर्णिम र ज्ञान निकेतनले न्यु जेनिथ कपअन्तर्गत सिनियर ब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
  • स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई १८–११ र ज्ञान निकेतनले भ्याली भ्युलाई ५४–४० ले पराजित गरे।
  • आइतबार सिनियर ब्वाइज र गर्ल्स क्वाटरफाइनल र यु–११, यु–१३, यु–१६ फुटसल सेमिफाइनल खेलाइने छ।

७ भदौ, काठमाडौं । स्वर्णिम र ज्ञान निकेतन तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई १८–११ ले पराजित गर्‍यो । स्वर्णिमको जितमा प्रतिक महर्जनले ८ अंक योगदान गरे । महेन्द्र प्याकुरेलको १६ अंक सहयोगमा ज्ञान निकेतनले भ्याली भ्युलाई ५४–४० ले हरायो । विजेता दुवै भेट क्वाटरफाइनलमा हुनेछ ।

सिनियर ब्वाइजमै पिपुल्स एकेडेमीले आनन्दकुटीलाई ३२–१२, कश्यपले न्यु जेनिथलाई २५–२०, पुष्पसदनले मनास्लुलाई ५६–४४, राराहिलले बेबीलनलाई ३७–२१, ब्राइट होराइजनले युरो स्कुललाई ५२–३६ र कन्स्टिलेसनले एनआईसी एकेडेमीलाई ४०–२० ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

अन्य क्वाटरफाइनल पिपुल्स र पुष्पसदन, कश्यप र कन्स्टिलेसन तथा राराहिल र ब्राइट होराइजनबीच हुनेछ ।

सिनियर गर्ल्सको क्वाटरफाइनलमा रिब्सले जेसिस, स्वर्णिमले रेडियन्ट पब्लिक, केसीसीएस र राराहिल तथा ग्यालेक्सीले युरो स्कुलको सामना गर्ने छन् ।

दुवै समूहको क्वाटरफाइनल आइतबार हुनेछ । आइतबारै न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको यु–११, यु–१३ र यु–१६ उमेर समूहको सेमिफाइनल पनि खेलाइने छ ।

न्यु जेनिथ कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय