+

बंगलादेशसँगको हारपछि प्रशिक्षक श्रेष्ठ : नानीहरू गोल खाएपछि आत्तिए

२०८२ भदौ  ८ गते २२:४८ २०८२ भदौ ८ गते २२:४८
बंगलादेशसँगको हारपछि प्रशिक्षक श्रेष्ठ : नानीहरू गोल खाएपछि आत्तिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग ४० मिनेटसम्म बलियो खेल खेले पनि गोल खाएपछि मनोबल घटेको प्रशिक्षक चेतनारायण श्रेष्ठले बताए।
  • श्रेष्ठले दोस्रो हाफमा अवसर आए पनि गोल गर्न नसकेको र दुई दिनपछि फेरि बंगलादेशसँग खेलका लागि तयारी गर्ने बताएका छन्।
  • दक्षिण एसियाली फुटबलमा भारत र बंगलादेशले धेरै अघि बढेको र नेपालले निरन्तर दुई वर्ष प्रशिक्षण र म्याच एक्सपोजर पाउनु पर्ने बताए।

८ भदौ, काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँगको हारपछि नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले आफ्ना खेलाडीहरूको मनोबल घटेको बताएका छन् । उनले पहिलो हाफमा टिमले राम्रो खेल खेलेको तर गोल खाएपछि आत्तिएको बताए।

श्रेष्ठले भने, ‘हामीले बलियो बंगलादेशलाई ४० मिनेटसम्म रोक्यौं। तर, गोल खाएपछि नानीहरू आत्तिए, नेपाली फुटबलको यो पुरानो परम्परा हो, गोल खाइसकेपछि मनोबल घटाइहाल्ने । दोस्रो हाफमा अवसर आए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनौं।’

श्रेष्ठले २ दिनपछि फेरि बंगलादेशसँग नै हुने खेलका लागि आवश्यक तयारी गर्ने बताएका छन् ।

उनले दक्षिण एसियाली फुटबलमा भारत र बंगलादेश धेरै अघि पुगिसकेको समेत बताए । ‘दक्षिण एसियाली फुटबलमा भारत र बंगलादेश धेरै माथि पुगिसके । नेपाल र उनीहरूबीच अन्तर बढिरहेको छ । उनीहरुको ‘लङ टर्म प्लान’ हुन्छ । पर्याप्त प्रशिक्षण गरेका खेलाडीहरु हुन् उनीहरू’ श्रेष्ठले भने । ।

नेपालमा पनि कम्तिमा दुई वर्ष निरन्तर प्रशिक्षण र पर्याप्त ‘म्याच एक्सपोजर’ पाउने अवस्था बनेमा भविष्य उज्ज्वल हुने उनको विश्वास छ।

‘मुख्य कुरा नानीहरूले निरन्तर खेल्न पाउनुपर्छ। त्यसैले मात्रै भारत र बंगलादेशसँगको दूरी घटाउन सकिन्छ’ उनले भने।

चेतनारायण श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय