News Summary
Generated by OK AI. Editorially reviewed.- राइजिङ स्टार क्रिकेट एकेडेमीले यू-१४ टी-२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट आयोजना गर्ने जानकारी दिएको छ।
- प्रतियोगितामा १७ टिम चार समूहमा विभाजन भएर लिग र नकआउट चरणमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
- विजेताले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
८ भदौ, काठमाडौं । राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ टी-२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।
भाद्र २४ गतेदेखि असोज ८ गतेसम्म प्रतियोगिता गर्न लागेको राइजिङ स्टार क्रिकेट एकेडेमी एण्ड ईभेन्ट म्यानेजमेन्टले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
नेपालमा युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्ने लागिएको प्रतियोगिताका समूह चरण तथा सेमिफाइनल खेल सिफल ग्राउन्ड गौशालामा हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा बोल्दै आयोजक राइजिङ स्टार एकेडेमीका अध्यक्ष सुनिल अमात्यले उमेर समुहका खेलाडीलेनै नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने हुनाले यू-१४ क्रिकेट आयोजना गरेको बताए ।
यस्तै प्रतियोगिताको मूख्य प्रायोजक समेत रहेको काठमाडौं वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीले आयोजकलाई शुभकामना दिंदै यस्तो किसिमको प्रतियोगिताहरू नियमित आयोजना हुनुपर्नेमा जोड दिए।
यस्तै प्रतियोगिताको प्राविधिक निर्देशक रविन्द्र गुप्ताले ग्रासरुट क्रिकेट र युवा क्रिकेटको विकासमा यस्तो प्रतियोगिता महत्वपूर्ण रहने बताउँदै आयोजकको तारिफ गरे ।
प्रतियोगिताको फाइनल खेल भने तल्लो अथवा माथिल्लो मूलपानी क्रिकेट ग्राउन्डमा हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ।
प्रतियोगितामा कुल १७ टिमले लिग र नकआउट चरणमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा क्रिकेट एक्सलेन्स सेन्टर बाट ५, ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ४, ओएसिस क्रिकेट एकेडेमीबाट २, काठमाडौं क्रिकेट एकेडेमी, किङ्स क्रिकेट एकेडेमी, काभ्रे क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, अल्पाइन एकेडेमी र आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीबाट १ टिम सहभागी हुनेछन् ।
सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरिने र शीर्ष स्थानमा रहने दुईवटा टिमहरू क्वार्टरफाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगितामा विधागततर्फ ‘प्लेयर अफ द टुर्नामेन्ट’, ‘बेस्ट ब्याटर, ‘बेस्ट बलर’ र ‘बेस्ट फिल्डर’लाई पनि पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया 4