+

चेयरम्यान कप चेसमा ३१९ खेलाडीको सहभागिता

२०८२ जेठ  २१ गते २१:०८ २०८२ जेठ २१ गते २१:०८
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको सहभागिता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबार सुरु भयो।
  • प्रतियोगितामा २० विद्यालयका ३१९ खेलाडीले भाग लिएका छन् र पहिलो दिन दुई चरणका खेल सम्पन्न भए।
  • गर्ल्स र ब्वाइजका विभिन्न उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई पुरस्कार वितरण गरिनेछ।

२१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाका २० विद्यालयका ३ सय १९ खेलाडीको सहभागितासँगै ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार सुरु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजना तथा हिमालयन चेस एकेडेमी (एचसीए) को व्यस्थापनमा सञ्चालित प्रतियोगितामा गर्ल्स र ब्वाइजका गरी कुल ६ स्पर्धा समावेश गरिएको छ । पहिलो दिन दुई चरणका खेल सम्पन्न भएको छ, जसमा कक्षा १ देखि ४ सम्म गर्ल्सतर्फ ६ खेलाडीले शतप्रतिशत जित हासिल गरे ।

धुम्रवाराही माविकी प्रतिज्ञा ठाकुर, बाँसबारीका सिमरन कार्की र सुप्रिया मोक्तान तथा महेन्द्र माविका आशिका लोप्चनले दुवै खेल जित्दै २–२ अंक जोडेका हुन् ।

ब्वाइजतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी र आयन सुवेदी, नेपाल क्रियटिभ को–एडुकेसनल स्कुलका श्रेयांश सापकोटा र अर्णव मानन्धर तथा बाँसबारी माविका खेमराज जैशी र युङ्सेन तामाङले २–२ अंक बनाएका हुन् ।

कक्षा ५ देखि ८ ब्वाइजमा आदर्श गुरुङ, नवीन थापामगर, प्रसन्न जैशी, प्रत्युष ज्ञवाली, राजु राईले सुरुआती दुवै चरणमा जित दर्ता गरे । गर्ल्सतर्फ रोसलिन सुवेदी, आरग्य गुप्ता, समिक्षा नेपाल, अप्सरा खत्री, काश्यपी मैनालीले सफलता हात पारे ।

कक्षा ९ देखि १२ गर्ल्सतर्फ मायुमी राई, आँचल चौधरी, आन्वी सुवेदी, देवयानी गुरागाइँ, स्मारिका लामा, समिक्षा रपाल, साङ्मेन्दु तामाङले दुवै खेल जिते । ब्वाइजमा प्रेम–विक्रम अधिकारी, ओजस अधिकारी, अभिनव पाण्डेले पनि २–२ अंक बनाए ।

स्वीस प्रणलीको आधारमा आयोजित र्यापिड चेसमा कामपा ४ भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी तथा वडाबाहिर अध्ययनरत स्थानीय बालबालिका सहभागी छन् ।

चेयरम्यान कप स्कुल चेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय