News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्केटिङ तथा स्केटबोडिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुम पुर्वले मंसिर २७ गते प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएका छन्।
- प्रतियोगिता सिस्ने गाउँपालिका वडा नं ६ चिउरेनीमा हुने र नेपालभरका महिला तथा पुरुष खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएका छन्।
- विजेता महिला तथा पुरुष खेलाडीले नगद पुरस्कार, मेडल, प्रमाणपत्र र सान्तोना पुरस्कार प्राप्त गर्नेछन् भने खेल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सञ्चालन हुनेछ।
१९ मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोडिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुम पुर्वको संयुक्त आयोजनामा प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिता यही मंसिर २७ गते हुने भएको छ ।
प्रतियोगिता सिस्ने गाँउपालिका वडा नं ६ चिउरेनीमा सम्पन्न हुने आयोजकले जनाएको छ । खुल्ला प्रतिस्पर्धामा नेपालभरबाट महिला तथा पुरुष खेलाडीहरु समावेश हुनेछन् ।
प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने महिला तथा पुरुष खेलाडीहरुले नगद पुरस्कार १० हजार, ७ हजार ५०० र ५ हजारसहित मेडल प्रमाण पत्र र सान्तोना पुरस्कारहरु प्राप्त गर्ने छन ।
प्रतियोगिता अनुभवी प्रशिक्षकहरु निर्णयक मण्डलका सदस्यहरु संघका पदाधिकारीहरु तथा खेलाडीहरु उपस्थित रहि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप खेल संचालन गरिने संघका प्रमुख प्रशिक्षक दिलिपराज बरालले जानकारी दिए ।
मोफसलमा हुने यस्ता प्रकृतिका प्रतिस्प्रधाले हाम्रा खेलाडीहरुको मनोबल बढ्ने र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने अभयानमा योगदान पुग्ने स्केट पार्ककी संचालिका तथा आयोजक अश्मी घर्ति मगरले बताइन् ।
युवा जमातकाबिच लोकप्रिय खेल स्केटिङको विकास, प्रबर्धन तथा व्यवसायिकताका लागि नेपालमा यस्ता प्रतियोगिताहरु आवश्यक रहेको संघका अध्यक्ष अचुत खनालले बताए ।
प्रतिक्रिया 4