+

गोल्डेनगेट र जेभियर अन्तर कलेज गर्ल्स बास्केटबलको फाइनलमा

२०८२ मंसिर  २० गते १६:०२ २०८२ मंसिर २० गते १६:०२
गोल्डेनगेट र जेभियर अन्तर कलेज गर्ल्स बास्केटबलको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
  • गोल्डेनगेटले ब्लुबर्डलाई ३७-३४ ले हराएको छ भने जेभियरले ल्याण्डमार्क एकेडेमीलाई ३०-१५ ले पराजित गरेको छ।
  • फाइनल खेल आइतबार हुनेछ र तेस्रो स्थानका लागि ब्लुबर्ड र ल्याण्डमार्कबीच खेल हुनेछ।

२० मंसिर, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा गोल्डेनगेट र जेभियरले शनिवार सेमिफाइनलमा जित हात पार्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा शनिबार भएको पहिलो सेमिफाइनलमा गोल्डेनगेटले ब्लुबर्डलाई ३७-३४ अन्तरले हरायो । गोल्डेनगेटकी आयुशा महर्जनले सर्वाधिक १० अंक स्कोर गरिन् ।

यस्तै दोस्रो सेमिफाइनलमा जेभियरले ल्याण्डमार्क एकेडेमीलाई ३०-१५ ले हरायो । जेभियरकी स्मृति राईले सर्वाधिक १४ अंक स्कोर गरिन् ।

पाँच टोली सहभागि प्रतियोगितामा लिग चरणमा शीर्च चारमा रहेका टोलीहरु सेमिफाइनल प्रवेश गरेका थिए ।

फाइनल खेल आइतबार हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि ब्लुबर्ड र ल्याण्डमार्कबीच खेल हुनेछ ।

अन्तर कलेज गर्ल्स बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय