+

एन्फामा पनि पुग्यो जेनजी

२०८२ असोज  २८ गते १६:३१ २०८२ असोज २८ गते १६:३१
एन्फामा पनि पुग्यो जेनजी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन्जी समूहले एन्फा मुख्यालयमा पुगेर शहीद स्मारक ए डिभिजन लिग नियमित आयोजना गर्न नसकेको विषयमा सुझाव दिएको छ।
  • जेन्जीका प्रतिनिधिहरूले एन्फा महासचिव किरण राईसहित अन्य पदाधिकारीहरूसँग फुटबल विकासका लागि लिखित सुझावहरू पेश गरेका छन्।
  • सातदोबा६ोमा रहेको एन्फा मुख्यालयमा जेन्जीका अनिष कार्की लगायतका प्रतिनिधिहरूले सकारात्मक अन्तरक्रिया गरेका छन्।

२९ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियमित रुपमा शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्न नसकेको भन्दै जेनजी समूहले मंगलबार एन्फा मुख्यालय पुगेर सुझाव दिएको छ ।

सातदोबा६ोमा रहेको एन्फा मुख्यालयमा पुगेर जेन्जीका प्रतिनिधिहरूले एन्फा महासचिव किरण राईसहित एन्फाका अन्य पदाधिकारीहरूसँग विभिन्न सुझावहरू आदान–प्रदान गरेका थिए ।

जेन्जीका अनिष कार्की लगायतका प्रतिनिधिहरूले एन्फा पदाधिकारीहरूसँग सकारात्मक अन्तरक्रिया गर्दै फुटबल विकासका लागि विभिन्न लिखित सुझावहरू पनि पेश गरेको एन्फाले जनाएको छ ।

 

 

 

जेनजी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय