+

पदक विजेता भूपेन्द्र र सुदेनको स्वागत

२०८२ असार  ३१ गते ११:४३ २०८२ असार ३१ गते ११:४३
पदक विजेता भूपेन्द्र र सुदेनको स्वागत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङ बेलायतको चेल्टेनह्याममा भएको युरोपियन च्याम्पियनसिपबाट पदकसहित स्वदेश फर्किएका छन्।
  • नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई र अन्य पदाधिकारीहरूले उनीहरूलाई सामाखुशीमा स्वागत गरेका छन्।
  • भूपेन्द्रले ३ स्वर्ण र सुदेनले १ रजत पदक जितेका थिए भने प्रतियोगितामा ४१५ खेलाडीले सहभागिता जनाएका थिए।

३१ असार, काठमाडौं । उमा युरोपियन च्याम्पियनसिपका पदक विजेता नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङ मंगलबार स्वदेश फर्किएका छन् ।

उनीहरुलाई नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन, सदस्य शेरबहादुर गुरुङ, खेलाडी मनाङ गुरुङलगायतले सामाखुशीमा एक कार्यक्रमबीच स्वागत गरे ।

जुन २९ तारिखमा बेलायतको चेल्टेनह्याममा भएको प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र सुदेनले १ रजत जितेका थिए । भूपेन्द्रले ट्रेडिसनल चाइनिज फममा २६.७, ट्रेडिसनल वेपनमा २७ र ट्रेडिसनल क्रिएटिभ फममा २६.८ अंक जोड्दै नेपाललाई स्वर्ण दिलाए ।

भूपेन्द्रले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।

आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोयगता सुदेनले ट्रेडिसनल चाइनिज फममा रजत जिते । उनले २६.१ स्कोर गरे ।

प्रतियोगितामा नेपालसहित जर्मनी, स्पेन, वेल्स, फ्रान्स, भारत, स्विट्जरल्यान्ड, नेडरल्यान्ड, कोस्टारिका, इस्टोनियालयागत राष्ट्रबाट ४ सय १५ खेलाडीले सहभागिता जनाएको अध्यक्ष राईले जनाएका छन् ।

भूपेन्द्र गुरुङ सुदेन गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय