News Summary
Generated by OK AI. Editorially reviewed.- एनआरएनए स्पेनको २५/२७ कार्यकालको पहिलो बैठक अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।
- बैठकले एनआरएनए कप फुटबल प्रतियोगिता, बालबालिका खेलकुद कार्यक्रम, सामाजिक कार्यक्रम र भाषा कक्षा गर्ने निर्णय गरेको छ।
- बैठकले दुर्गा पूजा, दशैं–तिहार सांस्कृतिक साँझ आयोजना गर्ने र स्पेनी भाषा सिक्न २,००० पुस्तक छाप्ने योजना बनाएको छ।
१ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको २५/२७ कार्यकालको पहिलो बैठक सम्पन्न भएको छ। अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आगामी योजनाबारे निर्णय गरेको छ।
बैठकले एनआरएनए कप फुटबल प्रतियोगिता गर्नेदेखि अन्य विविध निर्णयहरू गरेको छ । एनआरएनए कप फुटबल प्रतियोगिता र बालबालिकाका लागि खेलकुद कार्यक्रम गर्ने तयारी पनि गरिएको छ।
बैठकले नवौं महाधिवेशनमा निर्वाचित समितिलाई समर्थन गर्ने सदस्य, संस्था र निर्वाचन समितिप्रति आभार प्रकट गरेको छ। निवर्तमान समितिबाट नगद, जिन्सी तथा बैंक खाता बुझिएको जानकारी दिइएको छ।
बैठकले नयाँ आगन्तुक नेपालीलाई लक्षित गरी सामाजिक कार्यक्रम सञ्चालन गर्ने, पासपोर्ट सेवाका लागि सेप्टेम्बरमा घुम्ती टोली ल्याउने, भाषा कक्षा, सुशी तालिम, स्पेनी भाषा कक्षा, अनलाइन कानुनी परामर्श र करियर काउन्सेलिङ जस्ता कार्यक्रम गर्ने निर्णय गरेको छ।
दुर्गा पूजाका लागि बार्सिलोनामा मूर्ति ल्याई पूजा–अर्चना गर्ने र वार्षिक “दशैं–तिहार सांस्कृतिक साँझ” आयोजना गर्ने निर्णय पनि गरिएको छ।
स्पेनी भाषा सिक्ने २,००० पुस्तक छापेर सदस्यलाई निःशुल्क र अरूलाई न्यून शुल्कमा वितरण गरिनेछ। नयाँ सदस्यता सेप्टेम्बर १ देखि खुला हुने छ।
बैठकले संरक्षक, सल्लाहकार, क्षेत्रीय सचिव लगायतका पदमा मनोनयन गरेको छ। साथै, विभिन्न समितिका संयोजक तोकिएका छन्।
बैठक हरेक महिनाको अन्तिम वा पहिलो बिहीबार हुने र सूचना पाँच दिनअघि दिने व्यवस्था मिलाइएको छ।
प्रतिक्रिया 4