+

बिलि जिन किङ कप : तेस्रो खेलमा नेपाल पराजित

२०८२ असार  ५ गते २२:५६ २०८२ असार ५ गते २२:५६
बिलि जिन किङ कप : तेस्रो खेलमा नेपाल पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले श्रीलंकाको कोलम्बोमा जारी बिलि जिन किङ कपको समूह ‘बी’ मा आफ्नो तेस्रो खेलमा ३–० ले पराजित भयो।
  • नेपालले समूह चरणको पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा कतारलाई जित हासिल गरेको थियो।
  • अब नेपाल पाचौं स्थानको लागि ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

५ असार, काठमाडौं । श्रीलंकाको कोलम्बोमा जारी बिलि जिन किङ कपमा नेपाल समूह चरणको तेस्रो तथा अन्तिम खेलमा बिहीबार पराजित भएको छ । समूह ‘बी’ मा रहेको नेपाललाई श्रीलंकाले ३–० ले पराजित गर्‍यो ।

सिंगल्समा अकिसा हिरुन्दी सिल्भा दियुनुगेले नेपालकी शिभाली गुरुङलाई ७–६ र ७–६ तथा दिनारा डि सिल्भाले नेपालकी अभिलाषा विष्टलाई ६–४ र ६–२ को सेटमा पराजित गरे । डबल्समा तुभिनी डि अल्भिस र जयविराको जोडीले शिभाली र अभिलाषाको जोडीलाई ६–४, १–६ र १०–६ को सेटमा हराए ।

यसअघि समूह चरणको पहिलो खेलमा नेपालले म्यान्मारलाई २–१ तथा दोश्रो खेलमा कतारलाई ३–० ले पाखा लगाएको थियो ।

नेपालले अब पाचौं स्थानका लागि ‘प्लेअफ’ मा ताजकिस्तान विरुद्ध खेल्ने छ ।

बिलि जिन किङ कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय