News Summary
Generated by OK AI. Editorially reviewed.- बिर्तामोड चेस क्लब र किरात याक्थुङ चुम्लुङको संयुक्त आयोजनामा 'उभौली पर्व प्रथम राष्ट्रिय रेटिङ चेस प्रतियोगिता' सुरु भएको छ।
- प्रतियोगितामा ३७ जिल्लाबाट १३१ खेलाडी सहभागी भएका छन् र पुरस्कारको राशी ३ लाख ३५ हजार ५ सय रुपैयाँ रहेको छ।
- प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ पुरस्कार जित्नेछन्।
२ जेठ, काठमाडौं । बिर्तामोड चेस क्लबको आयोजनामा र किरात याक्थुङ चुम्लुङको सहआयोजनामा बिर्तामोड सिटी सेन्टरमा ‘उभौली पर्व प्रथम राष्ट्रिय रेटिङ चेस प्रतियोगिता’ सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले संयुक्तरुपमा चेसको गोटी चलाएर गरे
। प्रमुख अतिथि मन्त्री राई, बिर्तामोड नगरपालिकाका उपप्रमुख र महासंघका अध्यक्षले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे। क्लबका अध्यक्ष नारायण राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो भने प्रतियोगिताका निर्देशक ज्वाला लिम्बूले स्वागत मन्तव्य राखे।
प्रतियोगितामा देशभरका ३७ जिल्लाबाट १३१ जना खेलाडी सहभागी छन्। ९ चरणको स्वीस लिग प्रणालीमा तीन दिनसम्म खेल हुनेछ। विजेताले ५१ हजार, उपविजेताले ३५ हजार र तेस्रो हुनेले ३० हजार नगद पुरस्कार जित्नेछन्। कुल नगद पुरस्कार राशी ३ लाख ३५ हजार ५ सय रहेको छ।
पहिलो र दोस्रो चरणको खेलमा नेपाल च्याम्पियन रुपेश जैशवाल, पूर्व च्याम्पियन नवीन तन्डुकार, राजन सुवेदी, पुरुषोत्तम चौलागाईं, झापाका प्रकाश नेपाल, ज्वाला लिम्बू, पाँचथरका रिसोन थापा र महेन्द्र साम्वाहम्फेले लगातार सफलता हासिल गर्दै २–२ अंक जोडेका छन्।
रुपेशले दोस्रो चरणमा नारायण खतिवडालाई पराजित गरे भने नवीनले दिनेश भट्टराईलाई हराए। राजन सुवेदीले सप्तरीका सूर्य नारायणदासमाथि विजय हात पारे भने पुरुषोत्तम चौलागाईंले प्रतिमा बास्कोटालाई पराजित गरे।
यस्तै, झापाका अविरल राई, विश्व विजय घिमिरे, कृतिसारा अधिकारी, सुनसरीका राजेन्द्र राई, मुहान नर्सिङ श्रेष्ठ, राजन कुमार पोखरेल, हिमाल राई, चूडामणि राई, ललितपुरका राजन पुरी, सरोज महर्जन, झापाका सुमन श्रेष्ठ, मोरङका लोक सागर साम्वा, उमेश राई र तेह्रथुमका लक्ष्मीप्रसाद कन्दङवाले पनि दुवै चरणमा सफलता हासिल गरेका छन्।
प्रतिक्रिया 4