+

इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा ८ देशका ५० खेलाडी

२०८२ कात्तिक  २७ गते १३:२७ २०८२ कात्तिक २७ गते १३:२७
इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा ८ देशका ५० खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा कात्तिक २७ देखि २९ गतेसम्म तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता आयोजना हुँदैछ।
  • प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपालका ८ देशका ५० खेलाडी सहभागी हुने आयोजकले बताए।
  • प्रतियोगिता १३६० मिटर उचाइमा आर्बा–बिजय डाँडामा हुने र ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुने जानकारी रेस डाइरेक्टरले दिए।

२७ कात्तिक, पोखरा । कात्तिक २७ देखी २९ गतेसम्म पोखरामा आयोजना हुने तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कले पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ५० खेलाडी सहभागी हुने प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार १३ बढी देशका खेलाडीले दर्ता गरेपनि नेपालमा भएको जेन्जी आन्दोलनले परेको नकारात्मक असरका कारण अरु देशले दर्ता रद्द गरेका छन् ।

प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता समुन्द्री सतहबाट १३६० मिटर उचाइमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ ।

आयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यसअघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ ।

यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।

प्रतियोगिताले खेलकुदलाई मात्र नभई खेलकुदसँगै पर्यटन प्रबर्धनलाई महत्वपूर्ण टेवा पुराउने विश्वास गरिएको छ ।

इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय